|

पर्वत : कोरोना परीक्षण क्रममा शुक्रबार नेगेटिभ रिपोर्ट देखिएका एक बिरामीको पोखरामा मृत्यु भएको छ। स्याङ्जा फेदीखोला घर भएका ५१ वर्षीय ती पुरुषको उपचार क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो। 

शुक्रबारको परीक्षणमा उनको रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि नभएको भए पनि मृत्यु भएका कारण पुनः स्वाब लिएर परीक्षणका लागि पठाइएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन्।

भारतबाट आएका ती पुरुष १४ दिन क्‍वारेन्टाइनमा बसेर घर गएका थिए। घर पुगेका उनमा स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा लगिएको थियो। प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले कोरोनाको संक्रमण छ वा छैन? भनी पुन स्वाब संकलन गरी परीक्षणका लागि पठाउन लागिएको बताएका छन्। 

शुक्रबार आएको रिपोर्टमा कोरोना संक्रमण नदेखिएकोले उनमा कोरोना नभएको बताउँदै शर्माले मृत्यु कारण अन्य रोग भएको बताएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.