प्रविधिसँग अभ्यस्त नभए हामी पछि पर्छौं

|

काठमाडौं : यतिबेला निजी विद्यालय र कलेजले विद्यार्थीलाई अनलाइन कक्षा लिन थालेका छन्। नेपालमा विद्यालयस्तरमै अनलाइन कक्षाको थालनी लकडाउनअघि सुनिएको थिएन। चारदशक अघिदेखि नेपालमा रेडियो नेपालबाट दुरशिक्षाको अभ्यास भने चलिरहेको थियो।

एसलसी परीक्षाको समयमा नेपाल टेलिभिजनबाट पनि विद्यार्थीको लागि विभिन्‍न विषयमा कक्षा सञ्‍चालन गरिन्थ्यो। तर अहिले जस्तो व्यापक कहिल्यै भएको थिएन। नत कसैले सोचेको थियो न नै प्रविधिको विकास नै भइसकेको थियो। लकडाउनपछि अनलाइन कक्षाको थालनीले प्रविधिको सदुपयोग भएको भन्दै कतिपयले यसलाई सकारात्मक रुपमा व्याख्या गरेका छन।

सामुदायिक तथा सरकारी विद्यालयमा पढ्ने विद्यार्थी भने अन्लाइन शिक्षाबाट बिमुख छन्। धेरै विद्यार्थीका हातमा न त मोबाइल छ न मोबाइलमा डाटा हाल्न सक्ने पैसा नै। अर्कातिर धेरै विद्यार्थीको घर र कोठामा इन्टरनेटको पहुँच पनि छैन। यस्तोमा अनलाइन शिक्षाका कारण वर्गीय विभेद पनि सतहमा देखिएको कतिपयले ठानेका छन्। 

कोरोना भाइरसको संकट आएर नेपालमा लकडाउन भएपछि काठमाडौं उपत्यकाका विभिन्‍न स्कुल-कलेजले अहिले अनलाइन कक्षामार्फत पढाई अगाडि बढाएका छन्।

'लकडाउनले विद्यार्थीको पढाई बिग्रनु हुँदैन भन्‍नेमा हामी सचेत छौँ। हामी अन्य समय विद्यार्थीलाई कृयाकलाप दिँदा इन्टरनेटलाई  माध्यम बनाएका थियौं। यसलाई सकारात्मक रुपमा लिन जरुरी छ', उनले भने, 'संकटमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्न सके आगामी दिनमा आउने अन्य संकटमा विद्यार्थीको पढाईलाई अगाडि बढाउने निर्क्यौल गर्न सक्छौँ।'

कोरोनाका कारण लकडाउन भएपछि विद्यार्थीको पढाईमा असर नपरोस भन्‍ने हेतुले अनलाइन कक्षा लिइरहेको हिमालय व्हाइट हाउस कलेजका कार्यकारी निर्देशक नारायण काफ्ले बताउँछन। ४ वर्षअघिबाटै अनलाइनको माध्यमबाट विद्यार्थीलाई भर्चुअल शिक्षा दिइरहेको उनी बताउँछन्। पढाईदेखि अन्य कृपाकलापका असाइनसमेत अनलाइनबाटै दिइने गरिएको उनले बताए। लकडाउनपछि पनि अनलाइन कक्षा अघि बढाइएको उनले बताए।

लामो समयदेखि प्रविधि मैत्री अभ्यास गरिरहेकाले आफुहरुलाई झन्झटिलो नभएको उनले बताए। तर कतिपय स्कुललाई भने अनलाइन कक्षाले झन्झट हुने गरेको उनी स्वीकार्छन।

'लकडाउनले विद्यार्थीको पढाई बिग्रनु हुँदैन भन्‍नेमा हामी सचेत छौँ। हामी अन्य समय विद्यार्थीलाई कृयाकलाप दिँदा इन्टरनेटलाई  माध्यम बनाएका थियौं। यसलाई सकारात्मक रुपमा लिन जरुरी छ', उनले भने, 'संकटमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्न सके आगामी दिनमा आउने अन्य संकटमा विद्यार्थीको पढाईलाई अगाडि बढाउने निर्क्यौल गर्न सक्छौँ।'

नेपाल जस्तो देशमा प्रविधिको उचित प्रयोग भइसकेको छैन। कतिपय अभिभावकले अनलाइन कक्षाका लागि चाहिले आवश्यक नेट र ग्याजेट पनि उपलब्ध गराउन सक्ने अवस्था छैन। त्यसमाथि कोरोना संकटका बेला अकस्मात भएको लकडाउनले कतिपय अभिभावकले आवश्यक प्रविधिको व्यवस्थापन गर्न पनि सक्दैनन्।

यस्तो अवस्थामा अनलाइन कक्षाका नाममा अभिभावकमाथि आर्थिक भार कति न्यायोचित हुन सक्ला त? काफ्ले भन्छन्, 'नेपाली समाज बिस्तारै प्रविधि मैत्री हुँदै गएका छन्। अहिलेको संकट नेपालको मात्र समस्या होइन। यसकारण संकटको विकल्पका रुपमा हामीले यो अवधारणा अगाडि सारेका हौं।'

विद्यालयले अनलाइन कक्षा लिँदा स्वयम् शिक्षक शिक्षिकासँग पनि अनलाइनलाई चाहिने आवश्यक पूर्वाधार नहुन सक्छन। यसतर्फ पनि विद्यालय सचेत हुन जरुरी छ', काफ्ले भन्छन, 'शिक्षक शिक्षिकासँग सम्वय गरेर नै हामीले अनलाइन कक्षा लिन थालेका हौं। उहाँहरुलाई त्यस्तो अफ्ट्यारो छैन।'

लकडाउनका कारण कतिपय विद्यार्थी गाउँ पुगेका छन। उनीहरु इन्टरनेटको पहुँचभन्दा बाहिर रहेकाले अनलाइन कक्षा टाउको दुखाई बनेको छ। काफ्ले भन्छन,'१ देखि १० कक्षासम्मका विद्यार्थीहरु सतप्रतिशत नै अनलाइन कक्षा लिइरहेका छन्। उनीहरुले जसरी स्कुलमा पढ्थे, त्यसैअनुरुप नै पढाइरहेका छौँ।' अहिले अनलाइन कक्षामा पढिरहेका कुनै पनि विद्यार्थीका अभिभावकलाई आर्थिक दबाब नदिएको उनले बताए।

'हामी संकटमा जुधिरहेका छौं। यसकारण कुनै पनि अभिभावकलाई विद्यार्थीको भर्ना वा मासिक शुल्कबारे कुनै दबाब दिएका छैनौँ। यद्यपि विद्यार्थीबाटै उठेको रकमले स्कुल चल्ने भएकोले यसका लागि अभिभावकसँग समन्वय चाहिँ जरुर गर्छौ', उनी भन्छन, 'राज्यले पनि संकटको बेला शिक्षाको  ठोस नीति लिएर आयो भने हामी अगाडि बढ्न सहज हुने छ।'

'हामी यही अभियानमा छौं', उनले भने, 'यो समयमा हामीसँग जे प्रविधि छ त्यही प्रयोग गर्ने अवसर मिलेको छ। यसले अभिभावकलाई प्रविधिसँग नजिक बन्‍ने अवसर दिएको छ। अनलाइन कक्षा प्रभावकारी बनाउन सकिन्छ भन्‍ने हाम्रो अपेक्षा छ।'

स्कुलले अहिले अभिभावकलाई आर्थिक रुपमा कुनै दबाब नदिएपनि अन्तत: शुल्क तिर्नैपर्ने हुन्छ। किनभने, स्कुलमा रहेका शिक्षक, प्रशासक, कामदार, स्कुलको भाडा लगायत विद्यार्थीको शुल्कबाट नै वितरण गर्नेमा दुई मत छैन।

अब जरुरी भइसक्यो

जेभियर इन्टरनेसल कलेजका सिईओ लोकबहादुर भण्डारीले अनलाइन कक्षा नेपालका लागि आवश्यक भइसकेको बताउँछन। अभिभावकले आफ्ना विद्यार्थी कसरी पढ्छन? स्कुलमा पढाउने शिक्षक शिक्षिकाको क्षमता पनि अनलाइन कक्षाबाट बुझ्ने अवसर मिलेको भण्डारीले बताए।

अनलाइन कक्षा लकडाउनको विकल्प हुन सक्छ भन्‍ने एउटा प्रयोग हो।  यसका लागि कुनै विज्ञहरुको छलफल भएको छैन। तर स्कुलले गरेको अनलाइन कक्षाले दिने संकेत भने अब नेपालका विद्यार्थीलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको भन्‍ने देखाउँछ।

अहिले आफ्ना विद्यार्थीहरु विश्‍वका अन्य मुलुकमा रहेका विद्यार्थीले अन्लाइनबाट कसरी पढिरहेका छन् र आफुले कसरी पढिरहेका छौं भन्‍ने पूर्ण जानकारी दिन सफल भएको भण्डारीले बताए। 'प्रविधिको जमानामा समयसँग चल्न सकेनौँ भने हामी पछाडि धकेलिन्छौँ। अहिलेको अनलाइन कक्षा प्रविधिको  एउटा पाटो मात्रै हो।'

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले समयसापेक्ष सूचना, प्रविधिलाई प्रयोग गरेर शिक्षालाई अगाडि बढाउनुपर्ने बताए। 'हामी यही अभियानमा छौं', उनले भने, 'यो समयमा हामीसँग जे प्रविधि छ त्यही प्रयोग गर्ने अवसर मिलेको छ। यसले अभिभावकलाई प्रविधिसँग नजिक बन्‍ने अवसर दिएको छ। अनलाइन कक्षा प्रभावकारी बनाउन सकिन्छ भन्‍ने हाम्रो अपेक्षा छ।'

यसलाई उनले सकारात्मक भनेका छन्। 'भोलिका दिनमा अनलाइन कक्षा प्रभावकारी नभए लकडाउन सकेपछि शैक्षिक क्यालेन्डर नयाँ ढंगले बनाउनुपर्छ। त्यही ढंगले जानुपर्छ', उनले भने।

अनलाइन कक्षा ट्रायलको रुपमा प्रयोग गरिएको उनले बताए। 'हामीसँग अहिले अरू विकल्प भएन। हामीबाट अभिभावकलाई विभेद गराउने र हतोत्साही गर्ने कदापि गर्न खोजेको होइन', उनले भने, 'विभेद गर्ने मनशाय पनि छैन। हामीले जोसँग जे प्रविधि छ, त्यही प्रयोग गरेर यो लकडाउनलाई सदुपयोग गर्दै शिक्षालाई अगाडि बढाउने प्रयास गरेका हौँ। यसले चन्चले स्वभावका बालबालिकालाई घरमै रहेर ज्ञान आर्जन गर्ने अवसर मिल्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.