|

दाङ : गएराति बाँकेको अगैया नजिक ठुहरिया जंगलमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको पहिचान खुलेको छ। 

दुर्घटनामा परी ज्यान गुमाउनेमा निमबहादुर ओली, नरेन्द्र विक, रोल्पा रुन्टीगढी ६ होलेरीका मोहनचन्द्र विक, बुद्विराम विक, रोल्पा थवाङ ३  का भीमबहादुर विक, दाङ राजपुर ६ का रामकुमार पुन, दाङ शान्तिनगर ३ का पूर्ण बहादुर पुन, सोही ठाउँकी सीता पुन, दैलेख गुराँस गाउँपालिका ४ का गाडी चालक दान बहादुर खड्का, सुर्खेत वीरेन्द्रनगर ३ तातापानीका सहचालक पवन भण्डारी,  सोही ठाउँका रितेश कार्की, दाङ शान्तिनगर ३ की ११ वर्षीया हिमान्सु थापा रहेका प्रदेश ५ प्रहरी कार्यालय दाङले जनाएको छ। 

त्यसैगरी दुर्घटनामा परी गम्भीर घाईते हुनेमा सल्यान सिद्वकुमाख ५ का १८ वर्षीय देवेन्द्र खड्का, सोही ठाउँका १७ वर्षीय ज्ञान बहादुर बोहरा, सल्यान सारदा नगरपालिका ६ का २६ बर्षीय टीका चलाउने, दाङ सैघाका देउविर विक छन्।

त्यस्तै सोही ठाउँ दुईखोलीका २६ वर्षीय शिव भण्डारी, सल्यान सिद्वकुमाख ४ तेजबहादुर बुढाथोकी रहेका प्रहरीले जनाएको छ।

त्यसैगरी दुर्घनामामा सल्यान सिद्धकुमाख ५ दह का तेजबहादुर बुढाथोकी, कुपिण्डे ६ घागडी झर्कोटका निमराज विक, सोही ठाउँका देवबहादुर बुढाथोकी, सल्यान सिद्धकुमाख ४  का लोकेश घर्ती, सल्यान छापडाडाँका धनबहादुर बोहरा, दाङ तुलसीपुर २ खैरीपुरका रुपलाल केसी, सोही वडाका विष्णु गिरी, दाङ सैघाका नर बहादुर विकसमेत घाइते भएका छन्। 

त्यसैगरी दाङ सैघा दुईखोलीका दिलबहादुर विक, रोल्पा थवाङ ३ का भरत थापा, दाङ गढवा ६ मानपुरका जीवन घर्ती, राजपुर ६ गर्मेखोलाका दिपेश चौधरी पनि घाइते भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.