आरडिटी पोजेटिभलाई भैंसीगोठमा

|

दैलेख : दैलेखमा शनिबार क्वारेन्टाइनमा एक जनाको मुत्यु भयो। दुल्लु नगरपालिका ११ का ४० वर्षीया पुरुषको मुत्युको आठ घण्टापछि मात्र उनमा कोरोना संक्रमण भएको सरकारले पुष्टि गरिदियो।

१४ महिना भारत बसेर आएका उनी क्वारेन्टाइन बस्नुभन्दा १० दिनअघि दैलेखको दुल्लु आएका थिए। उनी दुल्लुकै वडा नम्बर ७ मा निर्माण गरिएको ‘क्वारेन्टाइन’मा बसेका थिए। त्यहीँ उनले ज्यान छोडे।  

शनिबार बिहान १० बजे दुुल्लु अस्पतालले मुत्यु घोषण गरेको थियो। तर मृत्युको तीन दिनअघि कोरोना परीक्षणका लागि उनको स्वाब पठाइएको थियो। तर स्वाबको रिजल्ट भने उनी बितेको आठ घन्टापछि पनि मात्र आयो। 

१० दिनअघि आफ्नै देश गए बाँचिन्छ भन्ने आशले उनी नेपाल आएका थिए, भारतबाट। तर उनले नेपालको क्वारेन्टाइनमा सामान्यभन्दा सामान्य उपचार नपाएर मृत्युवरण गर्नुपर्‍यो। 

कमाउने मान्छेको नै निधन भएपछि उनको परिवारमा अहिले सन्नाटा छाएको छ। उनका एक छोरा एक छोरी र श्रीमती छन्। परिवारका अनुसार क्वारेन्टाइनमा बस्दा उनले औषधि र उपचार नै पाएनन्। मुतकका बुवा भुवनबहादुर थापाका अनुसार भारतबाट १४ महिनापछि उनी नेपाल फर्किएका थिए। छोरालाई बिनाउपचार चिसो कोठामा राखिएकाले ज्यान गएको उनी भक्कानिँदै भन्छन्। 

दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीका अनुसार भारतबाट आएर क्वारेन्टाइनमा बसेकालाई आवश्यकताका आधारमा सबै कुराको व्यावस्थापन गरिएको दाबी गरे। नगरपालिका ७ मा रहेको विद्युत् प्राधिकरणको एककोठे भवनमा मुत्यु भएका युवासँगै दुई जना अरुलाई पनि राखिएको थियो।

र स्वास्थ्यको हेरचाह गरिएको मेयर भण्डारीले बताए। भने, ‘एक्कासि बेहोस भएर उनको उपचार क्रममा मुत्यु भयो।’ 

हुल बाँधेर राखिन्छ क्वारेन्टाइनमा 

आपतकालीन अवस्था देखाउँदै भारतबाट दैलेख आएका नागरिकलाई स्थानीय सरकारले एउटै कोठामा हुल बाँधेर राख्ने गरेका छन्। स्थानीय सरकार अन्य निकायले आपतकालीन अवस्थामा निर्माण गरिएका सामान्य सुविधा नभएका क्वारेन्टाइनका एउटै कोठामा १५ देखि २० जना सम्मलाई कोचाकोच गरेर राखिएका छन्। 

मापदण्डअनुसार क्वारेन्टाइन नबनाइँदा त्यहाँ बस्नेहरु राति घर जाने र दिनमा क्वारेन्टाइन फर्किने गर्छन्। जसले गर्दा पनि दैलेखमा कोरोनाले भयाभह निम्त्याउने देखिन्छ। जिल्लाका स्वास्थ्यकर्मीका अनुसार दैलेखका ५० प्रतिशत क्वारेन्टाइनमा सफा पानी र सरसफाइ गतिलो छैन। 

आरडिटी पोजेटिभ देखिएकालाई भैंसीगोठमा
 
जिल्ला भैरवी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ४ जना युवालाई कोरोना परीक्षण गर्दा आरडिटी पोजेटिभ देखिएपछि शनिबार रातभर प्रयोगविहीन भैंसीगोठमा राखिएको छ। विद्यालयभित्र कुनै कोठा खाली गरेर राख्ने भन्ने विषय उठाउँदा पनि अन्य सँगैकाले नमानेपछि उनीहरुलाई बाध्य भएर गोठमा राख्नुपरेको एक जनप्रतिनिधिले बताए। 

साँझतिर स्वास्थ्यकर्मीले सबैको स्वास्थ्य जाँच गरेर आरडिटी गरेका थिए। ४ जनामा सामान्य शंका देखिएपछि गाउँपालिका ३ को विद्यालयमा बनाइएको क्वारेन्टाइन राख्ने तयारी गरिएको थियो। तर त्यहाँ बसेकाहरूले विद्यालय हाताभित्र बस्न नदिएपछि बाध्य भएर गोठ रोज्नुपरेको जनप्रतिनिधिले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.