|

काठमाडौं : स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या शून्यमा झरेको छ। पछिल्लो २४ घण्टामा स्पेनमा २ सय ९ जना संक्रमित थपिँदा मृत्यु भने एक जनाको पनि भएको छैन्। 

स्पेनमा हालसम्म २७ हजार २७ हजार १ सय २७ जनाले ज्यान गमाइसकेका छन्। त्यहाँ २ लाख ८६ हजार ७ सय १८ जनामा संक्रमण देखिएको छ। त्यस्तै एक लाख ९६ हजार ९ सय ५८ जनाले कोरोना जितिसकेका छन्।  

संक्रमणबाट विश्वभर ६३ लाख ६२ हजार १४० जना संक्रमित भएका छन् भने  ३ लाख ७७ हजार १५२ जनाको मृत्यु भएको छ। वर्ल्डओमिटरकाअनुसार उपचार गराइरहेका ३० लाख ८४ हजार ८४४ जना मध्ये  ५३ हजार ४०७ जनाको स्वास्थ्य अवस्था जटिल रहेको छ भने २९ लाख १४४ जना उपचार पछि निको भएर घर फर्केका छन्।

अमेरिकामा १८ लाख ५९ हजार ३१५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १ लाख ६ हजार ९२५ भन्दा धेरैको ज्यान गएको छ। ब्राजिलमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार ४०५ पुगेको छ भने ३० हजार ४६ भन्दा बढिको मृत्यु भइसकेको छ।

रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख १४ हजार ८७८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ८१५ पुगेको छ। त्यस्तै बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३३२ पुगेको छ । त्यहाँ ३९ हजार ४५ भन्दा बढिको मृत्यु भएको जनाएको छ।

इटालीमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार १९७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ३३ हजार ४७५  पुगेको छ । त्यस्तै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ८९ हजार २२० पुगेको छ । त्यहाँ २८ हजार ८३३ भन्दा बढिको मृत्यु भइसकेको छ।

भारतमा १ लाख ९८ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेहरुको संख्या ५ हजार ६०८ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.