|

म्याग्दी : मालिका गाउँपालिका ६ दरबाङस्थित छ्यारछ्यारेमा रहेको जनप्रिय माविको क्‍वारेन्टाइनबाट एक युवक बेपत्ता भएका छन्। उनी पौडी खेल्ने क्रममा म्याग्दी नदीमा बगेका बताइएको छ। 

धवलागिरी गाउँपालिका ७ धारापानीका १९ वर्षीय राजेश थापा मंगलबार दिउँसो म्याग्दी नदीमा पौडी खेल्न गएपछि बेपत्ता भएका हुन् । एक्लै म्याग्दी नदीमा पौडी खेल्न गएका थापालाई नदीले बगाएको हुन सक्ने इलाका प्रहरी कार्यालय दरबाङका सई बलराम पौडेलले जानकारी दिए।

प्रहरीले बेपत्ता युवाको खोजतलास गरिरहेको छ। उनी तीन दिनअघि क्‍वारेन्टाइनमा बस्न आएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.