|

कञ्चनपुर : कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई ध्यानमा राखी भीमदत्तनगरस्थित सेफर हस्पिटललाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

महाकाली अस्पतालबाहिर कोरोनाका बिरामीको   उपचार तयारी सुरु गरिएको छ। आरडिटी पोजेटिभ देखिएका बिरामीले महाकाली अस्पतालको आइसुलेसन भरिभराउ भएपछि वैकल्पिक व्यवस्था गर्न थालिएको हो। 
 
जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकाले महाकाली अस्पतालको नेतृत्वमा निजी क्षेत्रका अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गर्ने तयारी अघि बढाएको छ। त्यसका लागि जिल्ला प्रशासन, भीमदत्त नगरपालिका र महाकाली अस्पताल सेफर हस्पिटललाई कोरोना अस्पताल बनाउन सहमति गरेका छन्।
सेफर अस्पतालको भौतिक र जनशक्ति व्यवस्थापन अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाइ उप शाखा प्रमुख नरेन्द्रराज जोशी छन्।
   
कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा सबै बिरामीको उपचार गर्न नसकिने भएकाले विकल्पका रुपमा सेफर अस्पताललाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको नगर प्रमुख विष्टले थाहाखबरलाई बताए। 

दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएको छ। ‘भोलि बिरामीले अस्पताल भरिन सक्छ। त्यस कारण अस्पताल बाहिर पनि उपचारका लागि तयारी गरिएको छ,’ उनले भने।  महाकाली अस्पतालमा कोरोना बिरामीको उपचारका लागि १० शैयाको आइसोलेसन कक्ष बनाइएको छ। ती सबैमा बिरामी भर्ना गरिएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.