|

संखुवासभा : प्रेस संगठन नेपाल संखुवासभाले नेपाल पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण गरेको छ। कोरोना भाइरस रिपोर्टिङका क्रममा पत्रकारको पहिचानका लागि ‘प्रेस’ लेखिएको ज्याकेट हन्तान्तरण गरेको संगठनले जनाएको छ। 

पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण गर्दै प्रेस संगठन संखुवासभाका संयोजक अनिस विष्टले जिल्लामा क्रियाशील रुपमा खटिने पत्रकारलाई रिपोर्टिङका क्रममा जिल्लाका जुनसुकै ठाउँमा वा बाहिर जिल्लामा जादा समेत पहिचानमा असहज नहोस भन्ने उद्देश्यले ज्याकेट वितरण गरेको बताए।

ज्याकेट ग्रहण गर्दै पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले प्रेस संगठनलाई धन्यवाद दिए। जिल्लामा पत्रकारको पहिचानमा केही समस्या भएको भन्दै सहजतरि बदल्न संगठन अग्रसर रहेकोमा अध्यक्ष गिरीले धन्यवाद ज्ञापन गरे ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.