संविधानले सबै अधिकार नदिएको तर्क

|

काठमाडौं : संविधानले जनतालाई पूर्ण अधिकार नदिएको भन्दै मंगलबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका आठ जना सांसदले संविधान संसोधन विधेयक दर्ता गरेका छन्।

संविधानको धारा ७, ११, ३८, ८६, २७४, २८२, २८३, र २८७ मा भएको व्यवस्था अनुसार जनताको हक अधिकार पूर्ण रुपमा सुनिश्चित गर्न नसकेको भन्दै सांसदहरुले संसोधन विधेयक दर्ता गरेका हुन। 

सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव , अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संघीय संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएका हुन। 

जनता समाजवादी दलले संविधान संसोधन विधेयक दर्ता गरिसकेको छ। यता कांग्रेसका पनि मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संसोधन विधेयक दर्ता गरेका हुन। उता राष्ट्रिय जनमोर्चाले पनि भोली संसदमा संघियता खारेजको माग राख्दै संसोधन विधेयक दर्ता गर्ने तयारी गरेको छ। 

सांसद अमरेशकुमार सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराएरै संविधान संसोधन प्रस्ताव दर्ता गरेको बताए। त्यसो त शनिबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले पनि संसोधन विधेयक दर्ता गर्ने निर्णय गरेको थियो।

सिंहले भने,'सबै नेपालीले स्वीकार्ने संविधान हामी किन नबनाउने ? एउटै देशकाे संविधान कसैले अधिकार पाएकाे कसैले अधिकार नै नपाएकाे कसरी हुन सक्छ। त्यसैले हामीले संसाेधन विधेयक दर्ता गरेका हाैं।' 

यता सरकारले नयाँ नक्सा जारी गरेसँगै निशान छाप परिवर्तनको लागि संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गरिसकेको छ। निशान छाप परिवर्तनको मौकामै संविधान संसोधन गर्न सहयोग गर्न मधेसवादी पार्टीहरुले कांग्रेस सभापति देउवालाई भेटेरै आग्रह पनि गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.