काठमाडौं : सरकारले नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका आठ देशका लागि काउन्सिलर र श्रम सहचारी छानेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सिलरमा उपसचिवहरु रमा भट्टराई (दक्षिण कोरिया), कृष्णप्रसाद खनाल ( कतार) र दीपक ढकाल (मलेसिया) लाई छानेको हो।
त्यस्तै, श्रम सहचारीमा शाखा अधिकृतहरू प्रमिला केसी (यूएई), दिनेश ढकाल (ओमान), प्रकाश पन्थी (मलेसिया), विपना ज्ञवाली (कुवेत), प्रेम उपाध्याय (साउदी अरब) छानिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।