|

काठमाडौं :  अमेरिकामा भड्किरहेको जातिवादी हिंसालाई लक्षित गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर चर्को विरोध भइरहेको छ। 

ट्रम्पको भनाइलाई लक्षित गरी एकजना अमेरिकन प्रहरी प्रमुखले राष्ट्रपतिलाई राम्रो  बोल्न आउँदैन भने चप लागेर बस्न आग्रह गरेका छन्।  ‘राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने शान्त रहनु, चुप लागेर बस्नु',  ह्ययुस्टनका प्रहरी प्रमुखले भनेका छन्।

उनले भने ट्रम्पका कारण जनताले दुस्ख पाइरहेको बताएका छन्। ‘ट्रम्पले यहाँको जनतालाई दुःख दिने काम गरिरहेका छन्। जुन अवस्था राम्रो होइन’ उनले भनेका छन्, ‘हामीलाई राम्रो नेतृत्वको खाँचो छ। अहिलेको नेतृत्वले झन संकटको अवस्था सिर्जना गर्दैछ।’

उनले ट्रम्पलाई राष्ट्रपतिको जस्तो व्यवहार गर्न पनि भनेका छन्। ‘राष्ट्रपति हो भने राष्ट्रपति जस्तो व्यवहार गर’ उनले भनेका छन्, ‘देश र समाज हलिउड फिल्म जस्तो होइन।‘ अमेरिकामा गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्ति जर्जको हत्या गरेपछि मिनेपोलिस लगायत देशका मुख्य  सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ। मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन्।

भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ। त्यसको केही मिनेटमा नै ४६ वर्षीय जर्ज फ्लोयडको मृत्यु हुन्छ। त्यसपछि अमेरिकामा हिंसा भड्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.