|

बर्दिया :  बर्दियाका किसानका बारी यतिबेला तरकारीले भरिभराउ छन्। लकडाउनका कारण बिक्री भने ठप्प भएको छ।  कोरोना संक्रमण फैलिन नदिन देशमा लकडाउनका कारण लामो समयदेखि बजार बन्द छ। होटेल व्यवसाय, हाटबजार सबै बन्द छन्। बजारमा तरकारी तथा फलफुलको बिक्रि सहज नहुँदा किसानका तरकारी बारीमा सड्न थालेका छन्।

बारीको तरकारी बेच्ने ठाउँ नभएपछि गुलरिया नगरपालिकाका किसानले अहिले बारीमा तरकारी सडाउनु भन्दा घरघरमा गएर तरकारी निशुल्क बाँडिरहेका छन्। तरकारी बिक्री नभएपछि गुलरिया नगरपालिका ५ बालापुरका किसान अहिले नगरमा निशुल्कमा तरकारी बाँड्न बाध्य भएको बताउछन्।

गुलरिया नगरपालिकामा किसानले १५ क्विन्टल टमाटर, २ क्विन्टल करेला र १ क्विन्टल लौका नगरका विभिन्न स्थानमा सित्तैमा वितरण गरेको बालापुर गाउँका तरकारी किसान तथा जनप्रतिनिधी सोविन्द्र चौधरीले जानकारी दिए।

गुलरिया नगरपालिकाको बालापुर गाउँ तरकारीको पकेट क्षेत्र हो। अधिकाशं किसान तरकारी खेतीमै निर्भर छन्। उनीहरुले बबई नदीको बगर तथा घरको खेतमा तरकारी उत्पादन गर्ने गर्छन।

अघिल्ला वर्ष किसानका तरकारी किन्न व्यापारीहरु गाडी लिएर बारीमै आउँथे। तरकारी बेच्न किसानलाई भ्याइन भ्याइ हुन्थ्यो। तर यसवर्ष उनीहरुको तरकारी खरिद गर्न कुनै व्यापारी नै आएनन्।  तरकारीको पिक सिजनमा मुलुक लकडाउन भएका कारण तरकारी किसान निकै मर्कामा परेका छन्। ‘किसानको ठूलो लगानी र मेहनत खेर गयो। तरकारी बेचेर फाइदा त कुरै छौडौँ। 

कृषिजन्य उत्पादनले बजार नपाए पछि सडकमा फालेर विरोध जनाउने परिपाटीको विकल्पमा सित्तैमा बाँडेर किसानले उदाहरणीय काम गरेको स्थानियबासी बताउँछन्। किसानको तरकारी बारीमै कुहिन थालेको गुनासो गरेपछि बर्दियाका केहि पालिकाहरुले किसानका बारीमै पुगेर तरकारी संकलन गर्दै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.