|

पाल्पा : पाल्पामा कोरोना संक्रमितको संख्या सात पुगेको छ। जिल्लाको रामपुर नगरपालिका ९ का २३ र २८ वर्षका पुरूषमा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या सात पुगेको हो।

रामपुरको सदावर्तस्थित सिताराम माध्यमिक विद्यायको क्वारेन्टाइनमा बसेका उनीहरूमा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको रामपुर नगरपालिका स्वास्थ्य प्रमुख तीर्थ ढुंगानाले बताए। जेठ ११ गते भारतको दिल्लीबाट आएका उनीहरू सुनौली सीमा नाका हुँदै पाल्पा आइपुगेका थिए। उनीहरूसँगै क्वारेन्टाइनमा बसेका अन्य ९ जनाको स्वाब परीक्षणका लागि भैरहवा प्रयोगशालामा पठाउने प्रक्रिया थालिएको प्रमुख ढुंगानाले बताए। साथै कन्ट्याक्ट ट्रेसिङ खोजी काम भइरहेको समेत उनले बताए। 

यससँगै पाल्पाका कोरोना संक्रमितको संख्या ७ पुगेको छ। यसअघि जिल्लाको निस्दी गाउँपालिका २ सहलकोटका १७ र ३६ वर्षका पुरूषमा आज कोरोना पोजेटिभ फेला परेको थियोे। यस्तै रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गढी र ८ सत्यवतीका ३८ र ४० वर्षका पुरूष र   माथागढी गाउँपालिका–८ बहादुरपुरका १९ वर्षीय एकजना पुरूषमा कोरोना पोजेटिभ फेला परेको थियो। 

मंलबार आइसोेलेसनमा उपचार गराइरहेका एक पुरूषको मृत्यु भएको थियो। पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय रामबहादुर दिशुवाको तानसेनस्थित यूनाइटेड मिशन अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.