नेपालबाट फर्किएपछि फ्रान्समा राष्ट्रिय उत्सव

|
फाइल फाेटाे

काठमाडाैं : अन्‍नपूर्ण हिमाललाई मनास्लु हिमालपछिको ज्यानमारा (किलर माउण्टेन) पनि भनिन्छ। जति बेला मनास्लुलगायत हिमालको उचाई पहिचान भएको थिएन। त्यतिबेला अन्‍नपूर्ण प्रथम ८०९१ मिटर नै विश्‍वकै सबैभन्दा अग्लो हिमाल मानिन्थ्यो।  

यो हिमालको पहिलोपटक सफल आरोहण गर्ने व्यवक्ति हुन् फ्रान्सका नागरिक मौरिस हर्जोग। उनले सन् १९९१ मा अन्‍नपूर्ण सफल आरोहण गर्दा सगरमाथाको पनि पहिचान भइसकेको थिएन। 

भारत-लुम्बिनी हुँदै बाग्लुङबाट धौलागिरि

मौरिस हर्जोगले नेपालमा सगरमाथा हिमाल आरोहणका लागि आरोहण अनुमति लिने सोच बनाएका थिए। एडमन्ड हिलारी र उनको टोलीले सगरमाथा चढ्ने सोच आफूहरूले बनाएको बताएपछि उनी तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जवरासँग अनुमति लिएर नयाँ हिमालको खोजीमा कालीगण्डकीको तिरैतिर धौलागिरि भेगतिर लागे।

मुस्ताङको टुकुचे हुँदै अन्‍नपूर्ण आधार शिविर पुगेका हर्जोग भारतबाट लुम्बिनी छिरेर बाग्लुङको बाटो अन्‍नपूर्ण पुगेका थिए। हर्जोगले अन्‍नपूर्णमा पहिलो पाइला नामको आफ्नो पुस्तकमै पनि लेखेका छन्, ‘हामीले अन्‍नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू ८ हजार मिटरभन्दा अग्लो हिमालमा गए। हिमालमा फ्रान्सेली झन्डा फहरा ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन्? भनेर हल्लीखल्ली मच्चियो । संसारभरिका मानिसको आँखा खुल्यो।’ 

२५० जना भरिया र फ्रान्समा राष्ट्रिय उत्सव 

लुम्बिनीबाट पैदल यात्रा सुरु गरेर धौलागिरि आधार शिविर पुग्दा हर्जोगको साथमा दुई सय ५० जना भरिया थिए । जम्बो टोली लिएर मुस्ताङको टुकुचे पिक पुगेपछि स्थानीयले बाटो राम्रो नभएको र चढ्न नसक्ने बताउँदा पनि हर्जोगले यात्रा रोकेनन्।

नेपालमा बर्खायाम सुरु हुने समय जुन ३ मा हर्जोगले अन्‍नपूर्णको सफल आरोहण पनि गरे। हिमाल आरोहणको लागि जुन महिना त्यति उपयुक्त पनि मानिँदैन।

हर्जोगको टोलीले अन्‍नपूर्णको सफल आरोहण गरेर फर्केपछि विश्‍वभर नै हलचल ल्यायो।  हर्जोगको किताबमा उल्लेख भए अनुसार जब उनको टोलीले अन्‍नपूर्णको सफल आरोहण गर्यो तब देश फर्किएपछि फ्रान्स सरकारले तीन दिन राष्ट्रिय उत्सव नै मनायो। 

हात खुट्टा हिउँले खाइदियो 

पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो हिमालको सफल आरोहण भएको दिन हो जुन ३। यही हिमालको सफल आरोहण गरेका मौरिस हर्जोगले बाँकी जीवन भने थप पीडामा बाँच्‍नु पर्यो।

आरोहणको क्रममा आफ्नो दुवै हात र दुवै खुट्टा उनले गुमाएका थिए। हात खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले उनलाई हिमालबाटै बोकेर म्याग्दीको नारच्याङमा पर्ने आधार शिविर झारेका थिए। पहिलोपटक आरोहण भएकै कारण पनि अन्‍नपूर्णलाई संसारकै जेठो हिमाल पनि भनिन्छ। 

मोहन शमशेरले दिएकाे त्याे पदक 

हर्जोगको टोलीले अन्‍नपूर्णको चुचुरोमा पाइला राखेको थाहा पाएका तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई भेट्ने भन्दै पत्र पठाएका थिए। हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस लचेन र चिकित्सक मार्सेलो सहितको टोली प्रधानमन्त्रीलाई भेट्न पुग्यो।

उनीहरुले एक आपसमा खुसी साटासाट गरेका थिए। त्यतिबेला हर्जोग हिउँले हात खुट्टा गुमेको पीडामा थिए। मोहन शमशेरले ठूलो समारोहबीच गोरखा क्रस पदक प्रदान गरेर सम्मान गरे।  

हिमाल चढ्न अविवाहित बसेको केटो  

हिमाल चढ्ने भोक र तिर्खाले खारिएका हर्जोगलाई आफू मरिहाले परिवारको बिचल्ली हुने डर पनि थियो। उनले आफ्नो पुस्तकमा भनेका छन्, ‘हिमाल चढ्दा के हुन्छ, हुँदैन भनी अविवाहित बसेँ। अन्‍नपूर्ण चढेपछि गएर विहे गरेँ।’

विदेशीले नेपालमा पाएको गोरखा क्रस पदक अहिलेसम्म पनि अरूले पाएको छैन। नेपालबाट फर्कँदा भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर उनी आफ्नै जन्मथलो लागेका थिए। फ्रान्समा पनि राम्रो उपचार नभएपछि उनी अमेरिका गएका थिए।

त्यहाँ उनले कृत्रिम हातखुट्टाको सहारा पाए। उपचार भने उनी बाँचुन्जेल गरिराख्नु पर्यो। २०६९ सालमा ९३ वर्षमा उनको निधन भएको थियो। हिमाल चढेर विश्‍व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उनलाई झण्डै एक दशकसम्म खेलकुद मन्त्री, सांसद र समोनी सहरको मेयर चुन्यो। 

अन्‍नपूर्ण क्षेत्र संरक्षणको लागि अहिले अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना  र म्याग्दीको नारच्याङका स्थानीयले चासो देखाएका पनि छन्। मौरिस हर्जाेग अन्‍नपूर्ण हिमाल आरोहण गर्न गएकै बाटो अहिले उनीहरुले पदमार्ग बनाएका छन्।

अन्‍नपूर्ण हिमाल रहेको ठाउँ हो म्याग्दीको अन्‍नपूर्ण ४ नारच्याङ। ढिलै भए पनि स्थानीयहरु अहिले मौरिस हर्जोगले यात्रा गरेको पद यात्रा र अन्‍नपूर्ण हिमालको प्रचारमा जुटेका छन्।

पदमार्ग धमाधम बनाइरहेका छन्। विभिन्न सरकारी निकायहरुबाट सहयोग लिइका छन्।  उक्त पदमार्गमा एक्यापको सहयोगमा ठाउँठाउँमा पोटर हाउस, बाटो पनि बनेको छ। 

पहिलो चरणमा ट्रयाक पत्ता लगाएका उनीहरूले गोरेटो बाटो बनाएका छन् ।  ‘हामीले यो ठाउँको प्रचार गर्नै सकेका रहेनछौँ भन्ने महसुस भएको छ,’  नारच्याङका होटल व्य वसायी टेकबहादुर पुन भन्छन्, ‘पर्यटकहरू मौरिस हर्जोग हिमाल चढेको आधार शिविरसम्म जान खोज्छन्। तर, हामीले त्यहाँसम्म जाने बाटो र व्यकवस्थापन मिलाउन नसक्दा हामी पछि पर्यौं। अब ढिलो भयो भनेर हामी अहिले कस्सिएका छौँ।’

नारच्याङबाट हिँडेर चार दिनमा अन्‍नपूर्ण हिमालको आधारशिविर पुग्न सकिन्छ।  मौरिस हर्जोग हिमाल चढ्न गएको पूरै बाटोबाट अहिले मानिसहरू ओहोरदोहोर गर्न सक्दैनन्।

मुस्ताङको टुकुचे हुँदै आधारशिविर जानेबाटो तारेभीरहरू रहेकोले सबैभन्दा उपयुक्त नै नारच्याङ हुँदै जानेबाटो रहेको स्थानीय तेजबहादुर गुरुङ बताउँछन्। यसअघि टुकुचेको बाटो भएर आधारशिविर उक्लेका धेरै आरोही तथा भरियाहरु भीरबाट लडेर ज्यान गुमाएको स्थानीय बताउँछन।     

टान पश्चिमाञ्चलको शुभकामना 

आज ७० औँ अन्‍नपूर्ण आरोहण दिवस। त्यही अवसरमा टान पश्चिमाञ्चलले विज्ञप्ती निकालेर शुभकामना व्यक्ति गरेको छ। टान पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेलले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘आज जुन ०३ अर्थात ७० औ अन्‍नपूर्ण आरोहण दिवशको अवसरमा सम्पूर्ण सदस्यज्यू तथा पर्वतीय पर्यटनसँग आवद्ध व्यवसायी तथा श्रमिकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’ 

भुजेलले जारी गरेको विज्ञप्तिमा मौरिस हर्जाेग र लुइस लाचेनलले आजकै दिन पहिलो पटक विश्वमै पहिलो पटक ८००० मिटरमाथिको हिमालको सफल आरोहण गरेको सम्झना गरिएको छ। आजको दिनमा हरेक वर्ष जस्तो कार्यक्रम कोरोना भाइरसको कारण गर्न नसकेको पनि उल्लेख गरिएको छ।  

‘आजकै दिन फ्रेन्च नागरिकहरु मौरिस हर्जोग र लुइस लाचेनलले पहिलो पटक ८००० मिटरमाथिका हिमालमध्येको प्रथम पटक अन्‍नपूर्ण प्रथम ८०९१ मिटरको चुचुरोमा पुगेका दिनको सम्झनामा हरेक वर्ष टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराले विभिन्‍न कार्यक्रम गरेर यस दिनलाई मनाउँथ्यो। यस वर्षभने कोरोना भाइरस संकटका कारण मनाउन सकिएन,’ भुजेलले भनेका छन्। 

भूजेलले नेपालको पर्यटन क्षेत्रका लागि आजको दिन विशेष रहेको पनि बताएका छन्। ‘तर, पनि यो दिन नेपालको पर्यटन क्षेत्रमा विशेष रहेको छ,’ अध्यक्ष भुजेलले भनेका छन्, ‘मौरिस हर्जोगले प्रकाशन गरेको पुस्तक अन्‍नपूर्णले नेपाल र यस क्षेत्रलाई विश्वमाझ चिनाउन ठूलो भूमिकासमेत खेलेको छ।’

टान पश्चिमाञ्चलले अन्नपूर्ण लगायत पर्वत्तारोहण, पदयात्रा, हिम पहिराका कारण आफ्नो ज्यान गुमाएका सम्पूर्ण पर्वतारोही, पदयात्रीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.