यसअघि नै थुनामा पठाउने आदेश भएको थियो

|

बैतडी : बैतडीका पहिलो कोरोना संक्रमित युवकले  १३ औं दिनमा कोरोना जितेका छन्।  यही जेठ ९ गते कोरोना पुष्टि भएका भएका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकले १३ दिनमा कोरोना जितेका हुन्। 

ती युवकको धनगढी प्रयोगशालामा बुधवार र मंगलवार पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए।

संक्रमण पुष्टि भएको कम्तीमा १० दिनमा पुनः लगातार २ पटक(२४ घण्टामा)  पिसिआर गर्दा  नेगेटिभ आए कोरोना निको भएको मानिने उनले बताए। ती युवकको लगातार दुईपटक थ्रोट स्वाबको नमूना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। 

जिल्ला अस्पताल बैतडीको आइसोलेसन कक्षमा उपचाररत ती युवकलाई आजै डिस्चार्जको तयारी भएको प्रमुख डाक्टर जोशीले बताए। कर्तव्य ज्यान मुद्धामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा जेठ ९ गते कोरोेना पुष्टि भएको हो। 

वैशाख १३ गते स्थानीय एक किशोरीलाई हत्या गरेको आरोपमा वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका हुन्।  ती युवक चैत ६ गते  भारतको दिल्लीबाट फर्किएका थिए।  

कारागार चलान हुने

कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका कोरोना पुष्टि भएका ती युवकले कोरोना जिते पनि घर जान नपाउने भएका छन्। ती युवक कोरोना जिते पनि कारागार चलान हुने भएका छन्  । 

शिवनाथ गाउँपालिकाकी १९ बर्षीय किशोरी गीता महरको मृत्यु प्रकरणमा वैशाख १५ गते पक्राउ परेका ती २२ वर्षीय युवक कारागार चलान हुने  बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक किसन चन्दले बताए। 

कोरोना जिते पनि जिल्ला अदालत बैतडीले ती युवकलाई यसअघि नै पुर्पक्षका लागि कारगार चलान गर्न  आदेश दिइसकेको छ। त्यहीकारण उनलाई जेल पठाइने भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.