|

सर्लाही : जिल्लाको बागमती नगरपालिका १० शंकरपुर सोल्टीमा प्रेम विषयलाई लिएर भएको युवकमाथिको कुटपिटले ठूलो रुप लिएको छ। १९ वर्षीया युवतीसँग प्रेम सम्बन्ध रहेको भन्दै सोल्टीका २१ वर्षीय राजु कुशवाहा प्रेमिकाकै अभिभावकले मरणासन्न हुनेगरी कुटेका युवकका मामा जवाहरलालले बताए।

घटनाको चार बितिसक्दा पनि प्रहरीले उजुरी नलिएपछि युवकका आफन्त र स्थानीयले युवतीको घर घेराउ गरेका थिए। प्रहरीले किटानी जाहेरी लिन नमानेको, घटनाका दोषीलाई भगाउन मद्दत गरेको भन्दै आक्रोशित स्थानीयले विरोध गरेपछि प्रहरीले जाहेरी लिएको छ। दोषीलाई कारबाही गरिने प्रहरीको आश्वासनपछि स्थिति सामान्य बनेको थियो। 

बागमती ८ सोल्टीका युवतीका बुवा र चार दाजुउपर शुक्रबार ज्यान मार्ने उद्योगमा किटानी परेको छ। 

के थियो घटना ? 

गएको शुक्रबार राति ११ बजे युवकलाई बहिनीको कोठामा देखेपछि कुटपिट गरेको युवतीका दाजुहरुले स्विकारेका छन्। युवतीे परिवारले कुशवाहलाई रडले हानेर गम्भीर घाइते बनाएका थिए। काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा ती युवकको उपचार भइरहेको घाइतेका बुवा शंकरले बताए। 

प्रेमसम्बन्ध थाहा पाएपछि युवतीका परिवारले आफ्ना छोरालाई बोलाएर सुनियोजित तरिकाले राति कुटपिट गरेका युवकका परिवारले आरोप लगाएका छन् । 
ती युवक पहिल्यैदेखि युवतीको घरमा आउजाउ गर्ने गरेका बुझिएको छ। 

आफ्नो छोरालाई कुटेर युवतीको परिवारले नै प्रहरी बोलाएर बलात्कारको आरोप लगाएका राजुको परिवारको आरोप छ। घटनामा संलग्न भनिएका युवतीका माइला दाजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य चार जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ। 

घट्नाको विषयमा अनुसन्धान भइरहेकोले इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.