|

पर्वत :  पर्वतमा बिहीबार विहान थप ४ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितहरूको सङ्ख्या ९ पुगेको छ। यसअघि पुष्टि भएका ५ जनासहित नयाँ पुष्टि भएका ४ जना पनि भारतबाट उद्धार गरेर ल्याइएकाहरू हुन्।

हालसम्मका संक्रमीतहरुमध्ये महाशिला गाउँपालिकाका ३ जना, फलेवास नगरपालिकाका ४ जना र विहादी गाउँपालिकाका २ जना रहेका छन्। पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाकाअनुसार  भारतबाट ल्याइएका १ सय ३० जनाको परीक्षण हुन नै बाँकी रहेको छ।

पछिल्लो समय भारतबाट फर्किएकाहरूको सङ्ख्या बढेसँगै जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि बढ्दै गएको छ।  हालसम्म कुस्माको कोरोना अस्पताल (अस्थायी)को आइसोलेसनमा ७ जना भर्ना गरिएका छन्। 

यसअगाडि पुष्टि भएका ५ जना र उनीहरूसँग हेलमेल गरेका २ जनालाई आइसोलेसनमा राखिएको हो। आइसोलेसनमा राखिएका २ जनाको रिपोर्ट भने नेगेटिभ आइसकेको छ। बिहीबार थपिएका ४ जना सङ्क्रमितहरूलाई पनि सोही अस्पतालमा लैजाने तयारी भइरहेको छ।

भारतबाट आउनेहरूको सङ्ख्या बढ्दै जाँदा आएकाहरूलाई क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउन चुनौतीपूर्ण बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.