|

काठमाडौं : मन्त्रिपरिषद् बैठक बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवातारमा मन्त्रिपरिषद् बैठक बस्दै छ। उक्त बैठकमा जनस्वास्थ्य संकटकाल लगाउनेबारेमा छलफल हुने भएको छ।

कोरोना संक्रमितको संख्या २३ सय पुगेको अवस्थामा जनस्वास्थ्य संकटकाला घोषणा गर्ने बिषयमा बैठकमा छलफल हुने हो। सरकारले २ हजार संक्रमित नाघेको अवस्थामा जनस्वास्थ्य संकटल लगाउने नीतिगत रणनीति यसअघि नै बनाइसकेको छ। 

मंगलबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको जनाउँदै जनस्वास्थ्य संकटकाल लगाउने निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्‍मा पठाइसकेको छ।

‘नियमित बैठक हो, अहिलेको अवस्थाबारे विभिन्‍न क्षेत्रका विज्ञहरुसँग छलफल चलिरहेकै छ, त्यही विषयमा छलफल हुने बुझिएको छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।  

आजको बैठकमा प्रधानमन्त्रीले विज्ञसँग बुधबार गरेको छलफलबारेमा जानकारी गराउने भएका छन्। जनस्वास्थ्य संकटकालीन अवस्थालाई कसरी व्यवस्थापन गर्ने र लकडाउनको स्वरुप फेर्नेबारेमा विषयमा बैठकमा छलफल हुने बताइएको छ।

त्यस्तै बैठकमा लकडाउनको मोडालिटीबारे पनि छलफल हुने भएको छ। काठमाडौंसहित देशका विभिन्‍न स्थानमा लकडाउनको उलंघन बढिरहेको अवस्थामा यसको मोडालिटी फेरिन सक्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.