कर महशुल मिनाह गर्न आग्रह

|

बाँके : नेपालगन्जका उद्योगी, व्यावसायीले नेपालगन्जमा प्रदर्शन गरेका छन्। सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै उद्योगी, व्यवसायीले विहीवार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका हुन्। 

२५ जेष्ठभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरि अर्थ मन्त्रालयले कर तिर्ने समय सीमा ७ असारसम्म थप गरे पनि पर्याप्त नभएको भन्दै संघले आज बिहीवार प्ले कार्डसहित उद्योग, पसल, कार्यालय अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न आग्रह गरेको थियो। 

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उद्योगी, ब्यवसायीले तीन महिनादेखि ब्यापार, व्यावसाय ठप्प भएकोले उक्त समयको कर महशुल मिनाह गर्न माग गरे। 

प्रदर्शनका क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले ब्यापार, व्यवसाय बन्द भएको समयको कर तथा अन्य शुल्क मिनाह गरि धरासायी भएको ब्यापार, ब्यवसायलाई उठाउन सरकारसँग माग गरे। 

यसअघि संघले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्री यूवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको थियो। 

त्यसपछि उद्योगी, व्यवसायीसँग छलफल गरि आवश्यक रणनीति तय गर्ने निर्णय भएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए। संघले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा वित्तिय नीति मार्पmत बैंक ब्याज मिनाह, सहुलियत तथा छुट सम्बोधन गर्न समेत माग गरेको छ।

लकडाउन अवधि भरलाई शुन्य समय मानी तिर्नुपर्ने सम्पूर्ण कर लकडाउन खुलेको कम्तीमा तिन महिना पछि तिर्ने व्यवस्था गर्नुपर्ने माग अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरे। 

उनले उद्योग, व्यवसाय सञ्चालन नहुँदा आय आर्जन ठप्प भएको समयमा ७ असार भित्र तोकेको मितिमा कर बुझाउन उद्योगी, व्यवसायी पूर्णतः असमर्थ भएको जिकिर गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.