जम्मा संक्रमितको संख्या २ हजार ६ सय ३४

|

काठमाडौं : कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। प्रदेश २ र कर्णाली प्रदेशमा कोरोना तीव्र गतिमा फैलिएको छ। कर्णालीको दैलेखमा मात्रै बिहीबार १०५ जना नयाँ संक्रमित भेटिएका छन्। 

बिहीबार मात्रै देशभर ३३४ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार त्यतिका संख्यामा संक्रमित भेटिएका हुन्। यससँगै देशभर संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। 

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा एकजना संक्रमित भेटिएका छन्। नारायणी अस्पताल पर्सामा पर्साका १५ वर्षीया किशोरीमा संक्रमण देखिएको छ। 

त्यसैगरी बीपी प्रतिष्ठान धरानमा १८ जना पोजेटिभ आएका छन्। जसमा झापा भद्रपुरको क्वारेन्टाइनमा रहेका ३ जना पुरुष, ताप्लेजुलङ घर भइ भोक्राहा सुनसरीको क्वारेन्टाइनका एकजना पुरुष, मोरङ घर भइ भोक्राकै क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुष र सप्तरीका १२ जनामा संक्रमण पुष्टि भएको छ। 

हेटौँमा नौँजनामा पोजेटिभ देखिएको । जसमा सातजना बाराका रहेका छन्। त्यसैगरी कमलामाई सिन्धुलीका एकजना पुरुष रहेका छन्। रौतहतका एकजना पुरुष पनि रहेका छन्। 

पोखरामा गरिएको परीक्षणमा १६ जनामा पुष्टि भएको छ। म्याग्दीका १ जनामा देखिएको छ भने बागलुङका नेसीखोलका १० जनामा संक्रमण पुष्टि भएको छ। पर्वतका ४ जनामा पनि पुष्टि भएको छ। उनीहरु सबै क्वारेन्टाइनमा छन्। त्यसैगरी स्याङ्जा कालीगण्डकीका एकजनामा पनि संक्रमण देखिएको छ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा तीनजनाको पोजेटिभ आएको छ। जसमा डोटीको क्वारेन्टाइनमा रहेकामा संक्रमण देखिएको हो। भेरी अस्पतालको प्रयोगजशाामा ४२ जनाको पोजेटिभ आएको छ। जसमा बाँकेको नेपालगञ्ज र जानकी गाउँपालिकामा रहेका छन्। 

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको पाजेटिभ आएको छ। सबैजना कपिलवस्तु कृष्णनगरका पुरुष रहेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनामा पुष्टि भएको छ। उनीहरु सबै दाङका रहेका छन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०६ जनाको पोजेटिभ आएको आएको छ। जसमा १०५ जना दैलेखका छन् । उनीहरुमध्ये १०५ जना नारायण नगरपालिकाका हुन्। जहाँ ५ जना महिला र १०० पुरुष संक्रमित भेटिएका हुन्। मुगु खत्याडका एकजनामा पनि पुष्टि भएको छ। 

कोशी अस्पताल बिराटनगरको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ। उनीहरुमा झापाका २ जना र खोटाङ हलेसीका तीनजना रहेका छन्। प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै दैलेखका हुन्। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा बाराका ५ जना, धनुषा जनकुपरका ६ जना छन्। कपिलवस्तु ओढरी मावि, जनचेतना मावि र यशोधरामा १२ जनामा संक्रमण देखिएको छ।  

त्यस्तै महोत्तरीका तीजना र रौतहटका ६४ जना रहेका छन्। त्यहाँ ६ महिने बालिकासहित तीनजना महिला र ८ वर्षीय बालकसहित ६१ जना पुरुष छन्। त्यसैगरी सर्लाहीका ३ जनामा पनि संक्रमण देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.