कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा १७ कोरोना संक्रमित थप भएका छन्। यो थप भएसँगै जिल्लाका संक्रमितको सङ्ख्या ४३१ पुगेको छ।
संक्रमित हुनेहरुमा वडा नं. ३ का२ पुरुष, वडा नं. ६ का ५ पुरुष वडा नं. ७ का १ पुरुष, वडा नं. १० का ८ पुरुष र वडा नं. ११ का १ पुरुष रहेका छन्।
ती सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। उनीहरूलाई लक्ष्मीनगरमा रहेको मदरसामा राख्ने तयारी गरिएको छ। कृष्णनगर नगरपालिकामा संक्रमितको सङ्ख्या ६२ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।