|

काठमाडौं :  चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बोर्ड अध्यक्ष बन्न दसजनाले आवेदन दिए पनि दयारामसहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो।  समितिले फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, साँस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिस भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.