|

काठमाडौं :  नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकलाई बस्ने व्यवस्था मिलाइने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरमा बुथ स्थापना गरी निःशुल्क सिम उपलब्ध गराउने भएको छ। 

यसका लागि कम्पनीले तत्काल एक लाख सिमकार्डको व्यवस्था पनि गरिसकेको नेपाल टेलिकमको विज्ञप्तिमा उल्लेख गरेको छ। 

यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनुपर्ने छ। स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचयपत्र उपलब्ध नभएको अवस्थामा उनीहरूका आफन्त तथा निकटका व्यक्तिको परिचयपत्रबाट पनि सिम उपलब्ध गराउन सकिने बताइएको छ।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि नेपाल सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा नेपाल टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.