|
फाइल फोटो

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रलाई १२ करोड रुपैयाँ विनियोजन भएको छ।

प्रभावित क्षेत्रको भौतिक पूर्वाधारका उक्त रकम छुट्याइएको हो। मेलम्ची–हेलम्बु सडक कालोपत्रे गर्न पाँच करोड, मेलम्ची–भोताङ सडकको धाप भोताङ–याङी सडक निर्माणका लागि तीन करोड, फुट्टे–बरुवा–याङी सडक स्तरोन्नतिका लागि दुई करोड विनियोजन गरिएको छ। 

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङका अनुसार  चिण्डे–बाँसखर्क मोटर पुल र गुन्सा रैथाने मोटर पुलको लागि एक÷एक करोड विनियोजन गरिएको छ।

पहिलो चौमासिकभित्र आवश्यक प्रक्रिया पूरा गरी दोस्रो चौमासिकबाट प्रभावित क्षेत्रका विकास आयोजनाका काम सञ्चालन हुने सांसद तामाङले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.