|

डडेल्धुरा : डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण नेगेटिभ आएको छ।

बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।  मृतक महिलाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।

गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसिरहेकी गाउँपालिका–२ की ३० वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको थियो।

मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै मृत्यु भएको थियो। भारतबाट आएकी महिला श्रीमान् र छोरासहित क्वारेन्टाइनमा बसिरहेकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.