काठमाडौं : जुम्लामा क्वारेन्टाइनमा बसेका एक ६४ वर्षीय वृद्धको मृत्यु भएको छ।
चन्दननाथ नगरपालिका वडा नम्बर ८ मा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका उनको मृत्यु भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए। उनमा दमको समस्या रहेको र हिजोमात्रै भारतबाट आएर क्वारेन्टाइनमा बसेको पाइएको महतले बताए।
उनको स्वाब संकलनको तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक महतले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।