|

धनकुटा : भोजपुरमा थप ५ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक ५ जना थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। ४८ जनामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ। 

भारतबाट आएका ४२ जना, ४ जना सुरक्षाकर्मी र २ जना स्थानीयको पीसिआर परिक्षण गरिएकोमा भारतबाट आएका षडानन्द नगरपालिकाका १७, १९, २९, ३० र ३२ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो। 

कोरोना पुष्टि भएका ५ जना नै जेठ १३ गते सुनौली नाका हँुदै भोजपुर पुगेका हुन्। कोरोना संक्रमण पुष्टि भएकालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको भए पनि प्रदेश सरकारले मोरङको गोठगाँउ पठाउनु भनेकाले उतै पठाइने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए। उनले कोरोना संक्रमण पुष्टि भएकालाई पठाउन सवारीको अभाव भएको बताए। 

१३ गते सुनौली नाकाहुदै भारतबाट आएका ६ जना मध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। बाँकी १ जनालाई अरुण गाउँपालिकास्थित जरायोटारमा होल्डिङ सेन्टर राखिएको छ। भोजपुरमा यसअधि कोरोना संक्रमण पुष्टि भएका एक पुरुष भने कोरोनामुक्त भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.