प्रदेशभर संक्रमितको संख्या ९ सय ८३ पुग्याे

|

जनकपुरधाम : प्रदेश २ मा शुक्रबार फेरि २२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै प्रदेशमा संक्रमितको संख्या ९ सय ८३ पुगेको हो। 

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले मिडिया ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित भेटिएको बताए। उनका अनुसार धनुषामा चार, महोत्तरीमा ९, रौतहटमा ६ र बारामा ३ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये एक महिला र तीन ९ वर्षीय बालकसमेत रहेका छन्। सबै संक्रमित भारतको विभिन्न सहरबाट फरक फरक मितिमा आएकाहरु छन्। उनीहरुलाई उपचारका लागि सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लगिने सचिव घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.