|

सिन्धुली : जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कमलामाई नगरपालिका ६ शिवनगरस्थित भु तथा जलाधार कार्यालयमा रहेको क्‍वारेन्टाइनमा भारतबाट आई बसेका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो। 

कमलामाई ११ का १७ वर्षीय पुरुष र तीनपाटन गाउँपालिका ३ का २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र शाहले जानकारी दिए।उनीहरु दुवैलाई शुक्रबार बिहान क्‍वारेन्टाइनबाट जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सिन्धुली अस्पतालका कोरोना फोकल पर्सन डा प्रसन्नराज भण्डारीले बताए।

योसँगै सिन्धुलीका ४ जनामा कोरोना पुष्टि भएको छ। थप संक्रमण रोकथामका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताल, बाग्मती प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा पृथकीकरणको काम सुरु गरिसकेको छ। 

यसअघि बिहीबार कमलामाई १४ चन्दनपुरको क्‍वारेन्टाइनमा बसेका एक पुरुषमा संक्रमण भेटिएको थियो। यसअघि सिन्धुली भिमानकी संक्रमित महिला कोरोना जितेर घर फर्किसकेकी छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.