आइसोलेसन र क्‍वारेन्टाइनमा कहाँ कति छन्?

|
फाइल फोटो

काठमाडौंः देशभर हालसम्म ३ सय ३३ जना कोरोना संक्रमित उपचारपछि स्वस्थ भएका छन्। मन्त्रालयकाअनुसार पछिल्लो पटक ४३ जना कोरोना संक्रमित देशभरका बिभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल बिराटनगरबाट २७ जना, बाँकेबाट १३ जना र धरानबाट ३ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेहरुको प्रादेशिक विवरण यसप्रकार छ। 

प्रदेश नम्बर १ मा ७६ जना, 
प्रदेश नम्बर २ मा १ सय २१ जना, 
बागमति प्रदेशमा ३२ जना,
गण्डकी प्रदेशमा ३ जना, 
प्रदेश नम्बर ५ मा ९२ जना, 
कर्णाली प्रदेशमा २  जना, 
सुदुरपश्चिम प्रदेशमा ७ जना 

आजको अपडेटअनुसार देशभर २ हजार ५ सय ६८ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा रहेका छन्। उनीहरु प्रदेश नम्बर १ मा १ सय ६६ जना, प्रदेश नम्बर २ मा ८ सय ७१ जना, बागमति प्रदेशमा ५० जना, गण्डकी प्रदेशमा ५४ जना, प्रदेश नम्बर ५ मा ८ सय ६९ जना, कर्णाली प्रदेशमा ४ सय ७५ जना, सुदुरपश्चिम प्रदेशमा ८३ जना र २ हजार ५ सय ६८ जना उपचारका लागि आइसोलेसनमा रहेका छन्। 

यसैगरी १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये क्वारेन्टाइनमा कुन प्रदेशमा कति छन् ?

हेर्नुस् :

प्रदेश नम्बर १ मा ४ हजार ५९ जना, 
प्रदेश नम्बर २ मा २१ हजार ३ सय ६३ जना,
बागमति प्रदेशमा ३ हजार ५ सय ७७ जना,
गण्डकी प्रदेशमा ५ हजार ४ सय ४२ जना,
प्रदेश नम्बर ५ मा ४० हजार १ सय ४६ जना,
कर्णाली प्रदेशमा ३१ हजार ९ सय ५२ जना,
सुदुरपश्चिम प्रदेशमा ६० हजार २ सय २६ जना,

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.