|

काठमाडौं : विश्‍वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि तेस्रो मुलुकबाट नागरिक आउन थालेका छन्। यही क्रममा म्यानमारबाट नेपालीहरु आएका छन्। 

म्यानमारमा रोकिएका २६ जना नागरिक आइपुगेका  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख सागर आचार्यले जानकारी दिए। म्यानमारको वायुसेनाको जहाजले नेपालबाट फर्कँदा ४२  जना म्यानमारका नागरिक लिएर गएको छ।

त्यसैगरी, आज युएईबाट पनि नेपाली आएका छन्। युएई सरकारले नै आफ्नो जहाजमा रोजगारमा गएकालाई फर्काउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

सरकारले विदेशमा अल्पत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रम सुरु भएको छ। संसारभर कोरोना संक्रमणको संकट गहिरिँदै गएपछि सरकारले स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई क्रमशः ल्याउने निर्णय गरेअनुसार पहिलोपटक म्यान्मारबाट नेपाली ल्याइएको हो।

पहिलोपटक चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि वुहानबाट विमान चार्टर गरी नेपाली विद्यार्थी सहित १७५ जना नेपाली नागरिकलाई गत फागुनमा ल्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.