|

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले आरडिटी किट वितरण गर्न थालेको छ। स्थानीय तहमा किट अभाव रहेका बेला नेकपाले शुक्रबारदेखि डडेल्धुराका सातवटै स्थानीय तहलाई किट वितरण गर्न सुरु गरेको हो। 

शुक्रबार पहिलो दिन नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई किट हस्तान्तरण गरेको छ। नेकपा डडेल्धुराका अध्यक्ष मानसिंह माल (क्रान्ति)ले नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टलाई एक सय थान आरडिटी किट हस्तान्तरण गरेका छन्।

यस्तै नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गजेन्द्र शाहीले गन्यापधुरा गाउँपालिकाका उपाध्यक्ष कमला ठगुन्नालाई ७२ थान किट उपलब्ध गराइएको बताए। प्रदेश कमिटी सदस्य यज्ञराज अवस्थीसहित नेताको टोलीले किट हस्तान्तरण गरेको हो। 

शनिबार अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकालाई आरडिटी किट वितरण कार्यक्रम रहेको नेकपा डडेल्धुराले जनाएको छ। यहाँका सात वटै पालिकाहरूलाई किट वितरण गरिने पनि नेकपाले जनाएको छ। नेकपा डडेल्धुराले आफैंले खरिद गरेर किट स्थानीय सरकारलाई उपलब्ध गराएको हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.