|

भद्रपुर (झापा) : करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका–४ का २६ वर्षीय चित्रबहादुर ओली रहेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

प्रहरीका अनुसार मृतक ओली जेसिबीका सहचालक हुन्। दमक नगरपालिका–२ हुम्से दुम्से सामुदायिक वनभित्र रिसोर्टको काम गर्ने क्रममा बा १ क ८०९६ नम्बर को जेसिबीले बिजुलीको तार छुँदा उनलाई शुक्रबार करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.