|

ओखलढुंगा : रामेछापमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको १७ जनामध्ये दुई जना फरार भएका छन्। गोकुलगंगा गाउँपालिकाका २ जना संक्रमित फरार  भएका हुन्।

जिल्लामा गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखु तामाकोसी गाउँपालिकाका ६ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये गोकुलगंगा गाउँपालिकाका २ जना फरार रहेको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ। सम्पर्कमा आएका गोकुलगंगा गाउँपालिकाका ९ जना र लिखु तामाकोसी गाउँपालिकाका ६ जना गरि १५ जनालाई भने जिल्ला अस्पताल रामेछाप ल्याइएको छ।

संक्रमितहरुलाई शुक्रबार बेलुका नै जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना रोग सम्पर्क व्यक्ति डा. आनन्द आचार्यले जानकारी दिए। संक्रमित व्यक्तिहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका कारण संक्रमितको परिवारमा थप संक्रमणको जोखिम भने कम रहेको डा. आचार्यको भनाई छ।

कोरोना संक्रम पुष्टि भएकामध्ये सम्पर्कमा आएका १५ जनाको जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा उपचार भइरहेको पनि डा.आचार्यले जानकारी दिए। आइसोलेसनमा रहेकोहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको बताइएको छ। कोरोना संक्रमितहरुमा १७ वर्षदेखि ४९ वर्ष उमेर समूहका पुरुष रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.