निगरानी जिम्मा स्थानीय तहलाई

|

बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट कोरोना २७ जना ‘पोजेटिभ’ बिरामीलाई शुक्रबार डिस्चार्ज गरिएको छ। १४ दिनदेखि अस्पतालको आइसोलेसनमा रहँदा समेत कुनै पनि लक्षण नदेखिएपछि उनिहरुलाई घर फर्काइएको हो। 

जेठ २० गते स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण देखिएकालाई मात्रै अस्पताल भर्ना गर्ने नयाँ प्रावधान अनुरुप उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता विष्णु गौतमले बताए। 

आज डिस्चार्ज गरिएकाहरुमाध्ये रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना रहेका छन्। उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि ४ दिन अगाडि अस्पताल ल्याइएको थियो। 

लक्षण नदेखिएपछि घरमै होम आइसोलेसनमा सुरक्षितसँग बस्न उनीहरुलाई पठाइएको डा.गौतमले बताए। ‘लक्षण देखिएमा मात्रै अस्पतालमा भर्ना गरिने नीति अवलम्बन गरिएको छ’, उनले भने, ‘स्थानीय तहका स्वास्थ्य केन्द्रले नै उनीहरुको लक्षणमाथि निगरानी राख्ने छन्।’

अस्पतालका प्रवक्ता डा. गौतमले संक्रमितको संख्या बढेको अवस्थामा यो मापदण्डको विकल्प नहुने बताए। डिस्चार्ज गरिएपछि अस्पतालमा अब ६ जना मात्रै संक्रमित छन्। तीमध्ये तीन जनालाई लक्षण देखिएकाले आइसियुमा राखेर उपचार गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.