|

रौतहट : जिल्लाका १८ जना शनिबार कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्। जेठ ४ गते नर्सिङ कलेज आइसोलेसनमा भर्ना भएकालाई शनिबार डिस्चार्ज गरिएको गौर अस्पतालका मेसु डा. कृष्ण साहले जानकारी दिएका छन् । 

ईशनाथ नगरपालिकाका १० जना, राजपुर नगरपालिकाका ७ जना र माधव नारायण नगरपालिकाका १ जना डिस्चार्ज भएका हुन्। डा साहका अनुसार पछिल्लो पटक गरिएको पिसिआर परीक्षणमा १८ जनाकै रिपोर्ट निगेटिभ आएको हो। 

उनीहरुलाई २ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको उनले जानकारी दिए। यसअघि वीरगन्जस्थित नारायणी अस्पतालबाट ३ जना निको भई घर फकिएका थिए । योसँगै रौतहटमा कोरोना संक्रमण निको हुनेको संख्या २१ पुगेको छ। 

आजसम्म रौतटहमा कोरोना संक्रमितको संख्या ३ सय ९७ जना पुगेको छ । शनिबार मात्रै रौतहटमा ६ जनामा संक्रमित पुष्टि भएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.