|

एजेन्सी : कोरोना भाइरस संक्रमणको दर झनै बढिरहेको छ। पछिल्लो समय एसिया प्रशान्त क्षेत्र र खासगरी दक्षिण अमेरिकी क्षेत्रमा पनि यसको संक्रमण झनै बढेको छ। 

छिमेकी देश भारतमा यसको संक्रमणबाट ६ हजार ८ सयको ज्यान गइसकेको छ। भारतमा युरोपेली राष्ट्र इटालीको भन्दा धेरै संक्रमितहरु पाइएका छन्। यद्यिपि मृत्यु संख्या भने इटालीमा निकै छ । इटालीमा ३३ हजार ७ सय बढीको ज्यान गइसकेको छ। भारतभर संक्रमितकाे संख्या २ लाख ४३ हजार पुगेकाे छ भने इटालीमा २ लाख ३४ हजार मानिमा स‌ंक्रमण फैलिएकाे छ।

भारतमा पछिल्लो समय कोभिड १९ बाट मृत्यु हुनेको संख्या बेस्सरी बढेको छ। जुन ५ अर्थात हिजो शुक्रबार भारतमा कोरोना संक्रमण फैलिएयता सबैभन्दा बढी मानिसको ज्यान गएको थियो, अर्थात् २ सय ८६ जनाको मृत्यु भएको थियो।  यो संख्या बढ्दो क्रममा छ । किनकि त्यसकै अघिल्लो दिन अर्थात् जुन ४ मा भारतभर २ सय ७४ जनाको निधन भएको हो । त्यस्तै जुन ३ मा २ सय ५९ जनाको निधन भएको थियो। 

यद्यपि यो आँकडा इटालीको बराबर भने होइन। कोरोना संक्रमणको दुई महिनाको अवधिमा इटालीले धेरै विनास बेहोरिसकेको थियो। भारतमा भने इटालीको जस्तो संक्रमण देखिए पनि मृत्यु संख्यामा भने बढोत्तरी भएको छैन। भारतमा हालसम्म लकडाउन कायमै छ। जसको कारण पनि संक्रमण युरोपियन राष्ट्रको जस्तो नबढेको त्यहाँ अधिकारीहरुले बताएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.