|

एजेन्सी :  जर्मन बुन्डेस लीगामा बायर्न म्युनिखले  बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले पराजीत गरेको छ। 

साविक विजेता समेत रहेको बायर्नले शनिबार लेवरकुसनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर सहज जीत निकालेको हो। बायर्नको जीतमा किङ्सले कोम्यान, लियोन गोर्टेज्का, सेर्गी गनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे। लेवरकुसनका लुकास अलारियो र फ्लोरियन वीट्जले एक एक गोल गरे ।

जीतसँगै बायर्नले उपाधि जीत्ने सम्भावना बलियो बनाएको छ। अब उपाधि जीत्न बायर्नलाई २ जीतको आवश्यकता रहेको छ। बायर्नले ३० खेलमा ७० अंक जोडेको छ।

त्यस्तै शनिबार राति नै भएका अन्य खेलमा   लाइपजिग पार्डाबोनसँग १–१ गोलको बराबरीमा रोकियो। बोरुसिया डर्टमण्डले हेर्था बर्लिनलाई १–० गोल अन्तरले पराजीत गरेको छ। जीतसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाएको छ।

डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको छ। डर्टमण्डले ३० खेलमा ६३ अंक जोडेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.