|

दाङ : दाङमा शनिबारसम्म पाँच हजार ९१६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारत र नेपालका विभिन्न जिल्लाबाट आउने क्रम बढिरहेकाले क्वारेन्टाइनमा बस्नेको संख्या पनि दिनहुँ बढ्दो छ।

विभिन्न स्थानीय तहहरुमा १८७ वटा क्वारेन्टाइनमा आठ हजार ६४८ शय्या रहेको जनस्वास्थय कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए। ती क्वारेन्टाइनमध्ये तुलसीपुर उपमहानगरपालिमा ७०३, राजपुर गाउँपालिकामा १११, राप्ती गाउँपालिकामा ८३९, शान्तिनगरमा १४६ , घोराही उपमहागरपालिकामा एक हजार ७३१, बंगलाचुलीमा ७६८, गढवामा ४६५, बबईमा ५१०, लमहीमा ५५१ र दंगीशरणमा ९२ जना रहेको फोकल पर्सन चन्दले जानकारी दिए।

त्यसैगरी शनिवारसम्म कोरोना परीक्षण गर्न चार हजार ३६८ जनाको स्वाब संकलन गरिएको छ। तीमध्ये दुई हजार ५९९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकी दुई हजार ५२५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। एक हजार ७६९ जनाको स्वाब परीक्षण गर्न बाँकी छ।

यस्तै, आरडिटी विधिबाटबाट एक हजार ४७३ जनाको परीक्षण भएको छ। तीमध्ये ३१ जनामा पोजेटिभ देखिएको र एक हजार ४४२ जनाका नगेटिभ देखिएको फोकल पर्सन चन्दले जनाकारी दिए। 

परीक्षणको दायरा बढेसँगै संक्रमित पनि बढेकाले आइसोलेसन शय्या अभाव भएको छ। त्यसैले स्थानीय तहहरुले धमाधम आइसोलेसन निर्माण गर्दैछन्। तुलसीपुर उपमहानगरले ५०र राप्ती गाउँपालिकाले कोरोना बिशेष देउखुरी आइसोलेसन केन्द्र मौरीघाटमा १०० शय्याको आइसेलेसन निर्माण गर्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.