|
फाइल तस्बिर

काठमाडौं : लकडाउनबीचमा पनि कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ। सडक विभागले दोस्रो चरणको चक्रपथ विस्तारको लागि अहिले सडक रेखांकनको काम गर्दै आएको हो। 

विभागले  सडक रेखांकनको लागि दशैं अगाडिदेखि कलंकीबाट रूख काट्न शुरु गरेको थियो। काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले लकडाउनमा पनि चक्रपथ विस्तारको काम गर्दै आएको जानकारी दिए। ‘लकडाउन भएपनि चक्रपथ विस्तारको काम रोकिएको छैन,’उनले भने,‘कामदारको स्वास्थ्यलाई ख्याल गर्दै अहिले काम गर्दे आएका छौँ।’

उनका अनुसार अहिले बिजुलीको पोल हटाउने, खानेपानीका पाइप ट्रान्सफर गर्ने लगायतका काम भइरहेको छ। सरकारले पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि गोपीकृष्णसम्मको भाग पनि सोहीअनुसार विस्तारको काम थालेको छ।  चीन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो।

सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाका अनुसार चिनियाँ प्रतिनिधि आएपछि मात्रै चक्रपथ विस्तारका काम गरिनेछ। अहिले भने सडक रेखांकनको काम मात्रै गरिनेछ। कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार कार्यमा करिब ६ अर्ब रुपैयाँ लाग्ने उनको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.