|

दैलेख : दैलेखमा एकै दिन दुई वर्षिय बालकसहित चारजनाले कोरोना जितेका छन् । भारतको विभिन्न ठाउँबाट आएका उनीहरु चार जनामा कोरोना पुष्टि भएपछि आइसोलेसनमा उपचार हँुदै आएको थियो । 

जिल्ला अस्पताल दैलेखको आइसुलेसनमा उपचार गराइरहेकी डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ वर्षिय महिला दुल्लु अस्पतालको आइसुलेसनमा उपचार गराइरहेकी २३, ३० वर्षीया महिला र २ वर्षीय बालककले कोरोना जितेका हुन । 

दुल्लु अस्पताल बाट कोरोना मुक्त भएकी महिला र बालकको जेठ १५ गते देखि दुल्लुमा रहेको कोरोना अस्पतालमा उपचार हुँदै आएको थियो। पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएकाले उनीहरुलाई घर पठाइएको दुल्लु अस्पतालकी प्रमुख डा.पुजा बिसिले बताइन । 

दुल्लु अस्पताल बाट कोरोना मुक्त भई घर जानेहरुमा दुल्लु नगरपालिका ११ की २३ वर्षीया महिला उनका २ वर्षीय छोरा र दुल्लु ११ कै ३० वर्षीया महिला रहेको डा. पूजा बिसीले बताइन्।  

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तका अनुसार दैलेख अस्पताल बाट कोरोना मुक्त भएकी महिलासहित उनका श्रीमान् र एक छोरा जेठ ८ गते भारतबाट आएका थिए। जेठ ११ गते गरिएको स्वाब परीक्षणमा दुवैमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो । 

आइसुलेसनमा राखेर उपचार गरेको १६ दिनपछि श्रीमतिलाई कोरोना नेगेटिभ देखिएकाले घर पठाइएको हो। श्रीमानकोे आइसुलेसनमा उपचार भैरहेको डा.पन्तले जानकारी दिए ।

आमाबुवा दुवैमा कोरोना पुष्टि भए पनि साथमा रहेका बालकमा कोरोना संक्रमण देखिएको थिएन। तर बालक आमाको साथमा आइसोलेसनमै थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.