|

भक्तपुर : केही दिनयता काठमाण्डौं उपत्यकामा अघोषितरुपमा लकडाउन खुकुलो हुँदै गएपछि उपत्यकामा प्रवेश गर्ने सवारीसाधनमा वृद्धि भएको छ। 

अघिल्लो साता दैनिक ९४९ को हाराहारीमा सवारीसाधन काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका भक्तपुरको जगातीबाट अहिले दैनिक १ हजार २ सय सवारीसाधन प्रवेश गर्ने गरेको छ। 

लकडाउनको समयमा सवारी पास भएका, अतिआवश्यक दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने र निर्माण सामाग्री बोकेका सवारी साधन जगातीबाट उपत्यका प्रवेश गर्ने गरेको जिल्ला संकट व्यवस्थापन केन्द्र (सिएमसि)ले जानकारी दिएको छ। 

केन्द्रका अनुसार गत जेठ १९ गते सोमवार बिहानदेखि जेठ २५ गते आइतवार बिहानसम्म जगाती नाकाहुँदै ८ हजार ३ सय ९७ सवारी साधन उपत्यका भित्रिएका छन। जसमध्ये सबैभन्दा बढी टिपर छन। 

गएको साता जगाती नाका हुँदैं ५ हजार ६४ वटा टिपर भित्रिए। त्यसैगरी एम्बुलेन्स २०२, साना सवारी १८४४, ट्रक ९४७, ट्यांकर ६१, बस १८, मोटरसाइकल २२४ र सरकारी सवारी साधन ३७ वटा भित्रिएको सिएमसीले जनाएको छ।

बाहिरबाट उपत्यका प्रवेश गर्न गृह मन्त्रालयको सहमतिका आधारमा मात्र पास जारी हुने गरेको छ। त्यही पासको आधारमा सवारीसाधनलाई उपत्यकामा प्रवेशको अनुमति दिने गरेको सिएमसीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.