तनहुँ

  • तनहुँ जाँदै राष्ट्रपति पौडेल

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन्। भिमाद नगरपालिका-६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन उनी गृहजिल्ला जान लागेका हुन्। वार्षिकोत्सव समारोहका क्रममा राष्ट्रपति क्याम्पसको नयाँ प्रशासनिक भवन...

  • दुरा समुदायलाई सिकाउन थालियो मातृभाषा

    तनहुँ : व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम दिन थालिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट ब...

  • तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल, राष्ट्रपतिबाट उद्घाटन गराउने तयारी

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ। तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल सञ्चालन भइसकेको...

  • धार्मिक पर्यटनको गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

    तनहुँ : समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ।    आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक ...

  • तनहुँमा पर्यटक बस दुर्घटना, ६ चिनिया पर्यटक घाइते

    काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा शनिबार बिहान पर्यटक बस दुर्घटना हुँदा ६ चिनिया नागरिक घाइते भएका छन्। पोखराबाट काठमाडौँ आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस बिहान साढे ६ बजेतिर सडकछेउमा पल्टिँदा ६ चिनिय...

  • शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

    तनहुँ : आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन्।  गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिक सत्रदेखि शिक्षक र कर्मचारीले छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालय...

  • तनहुँमा जन्ती बोकेको जीप दुर्घटना : दुईजनाको मृत्यु, १६ घाइते

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्।  सोमबार बिहान बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुईजन...

  • ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरु...

  • मानुङकोटमा समाधान हुँदै खानेपानी समस्या

    तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । संघीय सरकारबाट चालु वर्षमा दुई करोड रुपैयाँ बजेट विनियोजन भएपछि पानी ल्याउन ट्याङ्की नि...

  • देवघाटमा पाँच सय वर्ष पुरानो पञ्चदेवलको पुनर्निर्माण

    तनहुँ : देवघाट गाउँपालिका-५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले ५०० वर्षअघिको पञ्चदेवलको पुनर्निर्माण गरेको छ। पुरातत्त्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो। विभागको टोलीले मन्दिर परिसरको ...

  • तनहुँको बन्दीपुरमा चितुवाको त्रास

    तनहुँ : बन्दीपुर गाउँपालिका–४ टुँडिखेल र अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीय बासिन्दा त्रासमा परेका छन्। टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले साँझमा दैनिक चितुवा देखिन थालेको बताए।  पछिल्लो क...

  • तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

    दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।  वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस बिहीबार बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको हो। &...

  • तनहुँमा रुखबाट लडेर वृद्धको मृत्यु

    काठमाडौं : भिमाद नगरपालिका–५ मा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ। मिर्छुलुङ आम डाँडामा बस्ने वर्ष ६५ वर्षीय मन हर्ष रानाको मृत्यु भएको हो। बुधबार आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । ...

  • तनहुँ कारागारमा पानी अभाव

    दमौली : जिल्ला कारागार तनहुँमा पानी अभाव भएको छ। कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।  पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । ‘दैनिक ...

  • मुग्लिन–पोखरा सडक विस्तार, पूर्वी खण्डमा ९ किमी कालोपत्र

    दमौली : पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ। तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा ४२ प्रतिशत प्रगति हासिल भएको हो। सडक फराकिलो बनाइएका ठाउँमा क...

  • ट्रकको ठक्करबाट महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते

    तनहुँ : ट्रकले ठक्कर दिँदा तनहुँमा महिलाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्। दमौलीबाट पोखरा जाँ...

  • तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते

    दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा  बुधबार बिहान बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।  धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जना...

  • साढे दुई करोडको रामायण भवन प्रयोगविहीन

    तनहुँ : भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ। दुई करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको भवनमा अहिले ताला लागेको छ ।  आदिकवि भानुभक्तसम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्द्धन र प्रचार&ndas...

  • तनहुँका किसानलाई सयपत्री फूल टिप्ने चटारो

    तनहुँ  : म्याग्दे गाउँपालिका–कृषकलाई यतिवेला सयपत्री फूल टिप्ने चटारो छ। तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक फूल टिपेर माला बनाउने काममा व्यस्त छन्।  म्याग्दे गाउँपालिका–५ का  सुशन पौडेल सयपत्री फूल बिक्रीका लागि ...

  • पृथ्वीराजमार्ग विस्तार तिहारमा निरन्तर

    तनहुँ : तिहार बिदाको समयमा पनि पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ। निर्धारित समयमा नै आयोजनाको निर्माण कार्य सक्ने उद्देश्यले तिहार बिदाको समयमा पनि सडक विस्तार धमाधम गर्न थालिएको छ।  मुग्लिन पोखरा पश्चिम खण्डका प्रमुख राजेश पौडेलक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]