राजनीति

न्यौपाने परिवारले दियो बेपत्ता आयोगमा उजुरी

असार २८, २०७३

    काठमाडौं : २०५६ साल जेठ ७ देखि बेपत्ता माओवादी नेता दण्डपाणि न्यौपाने (दीपेन्द्र) को परिवारले मंगलबार बेपत्ता आयोगमा उजुरी दर्ता गराएको छ। न्यौपाने पत्नी शान्ता र छोरा गोपालले पुल्चोकस्थित बेपत्ता छानबिन आयोगमा उजुरी दर्ता गराएका हुन्।

    परिवारले दोषी पत्ता लगाई हदैसम्मको कारबाहीको माग गरेको छ। पत्नी शान्ता पूर्व सभासद् हुन् भने गोपाल माओवादी केन्द्र निकट विद्यार्थी संगठनका कोषाध्यक्ष तथा माओवादी महाधिवेनश आयोजक समितिका सदस्य छन्।

    उजुरीमा सीता अधिकारी र मित्रलाल पौडेल साक्षी बसेका छन्। बेपत्ता पारिएका माओवादी नेता–कार्यकर्ताहरुमा न्यौपाने सबैभन्दा वरिष्ठ नेता हुन्। बेपत्ता भएको समयमा उनी पार्टीको केन्द्रीय सदस्य थिए। उनी माओवादीले जनयुद्ध सुरु गर्दाको १९ सदस्यीय माओवादी केन्द्रीय समितिमा थिए।

    को हुन दण्डपाणि?

    चितवन गीतानगर–३ निवासी न्यौपाने २०५६ जेठ ७ मा काठमाडौं सुन्धारा टेवालको संकटा मन्दिर अगाडिबाट प्रक्राउ परेका थिए। सादा पोशाकका प्रहरीले पक्राउ गरेपछि उनलाई सुरुमा न्युरोडस्थित जनसेवा प्रहरी कार्यलयमा राखिएको र त्यसपछि महराजगंजस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको थियो। त्यसपछि न्यौपानेलाई पोखरा हुँदै विभिन्न ठाँउमा पुर्‍याइएको अपुष्ट सूचना बाहिर आएको परिवारले आयोगमा दिएको उजुरीमा उल्लेख छ।

    तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले ‘आत्मसर्मपण गरे भेटाइदिने सूचना’ न्यौपाने परिवारकहाँ पठाएको समेत उजुरीमा उल्लेख छ।

    कसका विरुद्ध पर्‍यो उजुरी

    न्यौपानेको परिवारले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, गृहमन्त्रीहरु गोविन्दराज जोशी, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कमल थापा, बामदेव गौतम विरुद्ध उजुरी दिएको छ।

    गृहसचिवहरु पदमप्रसाद पोखरेल, श्रीकान्त रेग्मी, विजयराज भट्टराई, टिकदत्त निरौला, अनन्तराज पाण्डे, चण्डीप्रसाद श्रेष्ठ, बालकृष्ण प्रसाईँ र उमेशप्रसाद मैनाली विरुद्ध पनि उजुरी परेको छ।

    प्रहरी महानिरीक्षकहरु अच्युतकृष्ण खरेल, श्यामभक्त थापा र प्रदीपशम्सेर जवरा विरुद्ध पनि उनीहरुले उजुरी दिएका छन्। तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी उषा नेपाल, काठमाडौं प्रहरी प्रमुख भरतबहादुर जिसी र दुई नम्बर गणका प्रमुख चुणाबहादुर श्रेष्ठ पनि बेपत्ता पार्नेमा भूमिका खेलेको उजुरीमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]