मनोरञ्जन

नाटक उपियाँको निबन्ध : सकारात्मक सिकाईमा जोड

असार २८, २०७३

    काठमाडौं- परम्परागत शिक्षण पद्धतिबारे कटाक्ष गर्दै तयार पारिएको नाटक उपियाँको निबन्धप्रति दर्शकको रुची मञ्चनको १८ दिनसम्म पनि यथावत छ। रचनात्मक शिक्षण पद्धतिलाई प्रोत्साहित गर्ने यो नाटक सुन्धाराको थिएटर मलमा असार १० गतेदेखि मञ्चन भइरहेको हो।

    थियटर सेन्ट्रल फर चिल्ड्रेन (टिसिसी नेपाल) र थियटर मलले संयुक्त रुपमा निर्माण गरेको नाटकमा अभय, राजेन्द्र भट्ट, संनिता संजी, जीवन भट्टराई, बिनिता गुरुङ, एना देउजालगायतले अभिनय गरेका छन्।

    दवाव र कुटपिटको भरमा गरिने नकारात्मक सिकाई-पद्धतिले बालबालिकामा सकारात्मक प्रभाव पार्ला र? नाटकले उठाएको मूल प्रश्न यही हो। नाटकलाई रोचक बनाउन लेखक तथा निर्देशक केदार श्रेष्ठले प्रशस्त हाँस्यचेतको सहारा लिएका छन्। निर्देशक श्रेष्ठ भन्छन्, 'सानालाई माया हैन, सानालाई आदर' भन्ने सन्देश दिने उद्देश्यले नाटक तयार पारिएको हो।

    १ घण्टा १५ मिनेटको नाटकले दर्शकलाई स्कुले जीवनको स्मरण गराउँछ। हँसाई-हँसाई बालबालिकाको शिक्षाबारे गम्भीर हुन बाध्य पार्छ र परम्परागत शिक्षण पद्धतिबारे पुनर्विचार गर्न प्रेरित गर्छ। बालबालिकाको मनोविज्ञान छाम्दै व्यवहार गर्नुपर्छ भन्ने सन्देश छोड्न नाटक सफल छ।

    बुधबार बाहेक हरेक दिन साँझ साँढे पाँच बजे र शनिबार दिउँसो साँढे एक बजेसमेत मञ्चन भइरहेको यो नाटक साउन २ गतेसम्म चल्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]