धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : संयुक्त सरकार गठन गर्न सात बुँदे सहमति गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेका छन्।
बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेको छ। उसले प्रधानमन्त्रीलाई राजीनामा दिन, विश्वासको मत लिन वा अविश्वास प्रस्ताव सामना गर्ने तीन विकल्प दिएको छ।
बुधबार बिहानै बसेको माओवादी शीर्ष नेताको बैठकले पनि प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने निर्णय गरिसकेको छ। शीर्ष नेताको बैठकपछि बसेको माओवादी संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव लैजाने निर्णय गरेको माओवादी नेता गिरिराजमणि पोखरेले जानकारी दिए।
कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्न सांसदहरुको हस्ताक्षर संकलन थालेको छ।
संसद बैठक तीन बजे
बिहान ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक ३ बजेका लागि सरेको छ। कांग्रेस र माओवादीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेपछि 'विशेष कारणबस' भन्दै संसद बैठक स्थगित भएको हो। कांग्रेस र माओवादीले संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा एमाले पनि आन्तरिक छलफलमा जुटेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।