राजनीति

कांग्रेसका १७७ सांसदले गरे हस्ताक्षर

दिउसो २ बजेसम्म हस्ताक्षर गरिसक्न निर्देशन

असार २९, २०७३

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नेपाली कांग्रेसका १७० सांसदले हस्ताक्षर गरेका छन्। दिउसो २ बजेसम्म हस्ताक्षर गर्न कांग्रेसले सांसदहरुलाई निर्देशन दिएको सचेतक ईश्वरी न्यौपानेले जानकारी दिए।

    'दिउसो हस्ताक्षर गरिसक्न भनेका छौँ', न्यौपानेले भने। बुधबार बिहान केन्द्रीय समितिले प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेलगत्तै कांग्रेसले हस्ताक्षर संकलन थालेको हो। कांग्रेससँग संयुक्त सरकार गठनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले पनि हस्ताक्षर संकलन थालेको छ। बिहान संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेलगत्तै माओवादीले सांसदहरुको अस्ताक्षर संकलन थालेको हो।

    नेपालको संविधानको धारा २९८ को उपधारा १३ मा ‘व्यवस्थापिका–संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले प्रधानमन्त्री उपर व्यवस्थापिका–संसदको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने’ उल्लेख छ। संसदमा हाल कायम ५९५ सांसदमा १४९ जनाले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेमा प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा सरकार स्वतः कामचलाउन हुनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]