काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...
काठमाडौं : नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बुधबार सामूहिक राजीनामा बुझाएका छन्।
सरकारमा माओवादीको नेतृत्व गर्ने उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका आठै जना मन्त्रीको राजीनामा बुझाएका हुन्।
राजीनामा पत्र बुझाउन उपप्रधानमन्त्री रायमाझी बुधबार दिउँसो सवा १ बजे बालुवाटार पुगेका थिए। त्यस क्रममा उपप्रधानमन्त्री रायमाझीले प्रधानमन्त्री ओलीसँग ५ मिनेट कुराकानी गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले माओवादीलाई सफलताको शुभकामना दिएको प्रधानमन्त्रीका एक सल्लाहकारले बताए।
नेकपा माओवादी केन्द्रले मंगलबार सरकारबाट समर्थन फिर्ता लिएसँगै मन्त्रीहरुलाई पनि फिर्ता बोलाएको थियो। अहिलेको सरकारमा माओवादीले उर्जा, गृह, कृषि, शिक्षा, वन, आपूर्ति, सिञ्चाई र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।