समाज

१४ विद्यार्थी सङ्गठनको माग

जेठ १३, २०७३

    अघिल्लो वर्ष रुकुमको विकट मैकोटबाट पुपाल लेक जाँदै थिए मैकोटका मनुमान दमाई । जाने बाटो भिरमा सानो गोरेटो थियो ।  ठाउँठाउँमा उकालो भएकाले जोखिम मोलेर जाँदै गर्दा माथिबाट खच्चडले ढुङ्गा खसाल्दा मनुमान घाइते भएपछि अस्पतालमा परीक्षण गर्दा उनको खुट्टा भाँचिएको रहेछ ।  मानिस र खच्चड सँगसँगै लेकबेँंसी गर्ने स्थानीयवासी जोखिम मोलेर उक्त बाटो प्रयोग गर्नु बाध्यता थियो ।

    यस्तैमा नजिकै सिरु गाउँको खिरा गुरुङले एक दिन घोडा लैजाँदै थिए, त्यही जोखिमको बाटो । उनको घोडा एक्कासि बाटोबाट लडेर मर्‍यो । धन्न उनी जोगिए ।  यो दुई घटना प्रतिनिधि मात्रै हुन् यस्ता घटना बर्सेनि दोहोरिन्थ्यो रुकुमको मैकोट गाउँबाट पुपाल जाने क्रममा बाटोमा । ‘बाँदर लड्ने जस्तो भिरमा बनेको सानो गोरेटोमा सकस गरेर हिँड्नु पथ्र्याे, अहिले भने ढुक्क भएको छ, मैकोटका स्थानीयवासी अमरधन पुनले भने, यो बाटोले हाम्रो जोखिम घटायो ।’ 

    सोही बाटो घोडा चढेर समुद्र सतहबाट ३४ मिटरमाथि रहेको हान्पा डाँडामा अमरधन मजाले उक्लिंँदै थिए । बाटोमा भेटिएका पुनले यो पटक भने नयाँ भर्खरै बनेको बाटो ‘यार्सा ट्रेल’ प्रयोग गरेर हिँड्दै थिए । उक्त बाटो दोहोरो रुपमा घोडा दौडाउन मिल्ने बनेपछि उनी अहिले खुसी छन् ।

    पहिले अप्ठेरो थियो, अहिलो घोडा खच्चडका लागि धेरै सजिलो भएको छ, पुनले घोडा माथिबाटै जवाफ दिए ।  पल्लो डाँडाको पखेरामा रहेको सानो गोरेटो औँंल्याउँदै अमरधनले भने, ‘उ..त्यै बाटोमा हो घोडा लडेको ।’ अहिले यहाँका गाउँलेले पुरानो बाटो प्रयोग गर्नुपर्दैन । 

    स्थानीयवासीले यार्सा ट्रेल बनाउन गाविस र जिविसको बाटो कुरेनन् । उनीहरु आफँैंले श्रम गरेर करिब २० मिटरको बाटो आफँैंले निर्माण गरे । जसको नाम यार्सा ट्रेल राखिएको छ । यो जीवनबुटी खोज्न जाने मुलबाटो हो ।  रुकुम रन्मामैकोट गाविसको ऐतिहासिक गाउँ मैकोटबाट यार्सा पाइने क्षेत्र पुपाल लेकसम्म श्रमदानमा स्थानीयवासीले बाटो बनाएका छन् । यही बाटो हुँदै स्थानीयवासी डोल्पा, शे–फोक्सोन्डो, रारा जाने गर्छन् ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]