स्वास्थ्य

क्यान्सर अस्पताल खजुरामा बुधबारबाट उपचार सुरु

असार ३०, २०७३

    विश्वराज पछल्डङ्ग्या
     

    नेपालगञ्ज : जनताको प्रत्यक्ष सहभागितामा निर्माण भएको नेपाल क्यान्सर अस्पताल खजुराले बुधबारबाट उपचार सेवा सुरु गरेको छ। 

    प्रखर परोपकार मिसन नेपालद्वारा प्रस्तावित नेपाल क्यान्सर अस्पतालले बुधबारबाट सेटेलाइट सेन्टरको रुपमा उपचार सेवा प्रारम्भ गरेको अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए। अस्पतालका नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वराम पौडेलले बिरामीको चेकजाँच गरि सेवा आरम्भ गरेको अस्पतालले जनाएको छ। 

    सेवा आरम्भको अवसरमा आयोजित समारोहमा बोल्दै विपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. चिनबहादुर (सिबी) पुनले मध्य तथा सुदूरपश्चिमका बिरामीलाई घर नजिकै उपचार सेवा प्रदान गर्न सक्ने भएकोले नेपाल क्यान्सर अस्पतालको भूमिका महत्वपूर्ण हुने बताए। 

    डा. पुनले क्यान्सरको उपचारको लागि भरतपुर क्यान्सर अस्पतालले आवश्यक प्राविधिक सहयोग गर्ने जानकारी दिँदै आवश्यकता अनुसार चिकित्सक पठाउने प्रतिवद्धता ब्यक्त गरेका छन्। वीर अस्पतालका भिसी डा. गणेश गुरुङले भौतिक पूर्वाधारले मात्र नहुने बताउँदै जनशक्ति र उपकरण क्यान्सर अस्पतालको लागि महत्वपूर्ण हुने बताए।  

    अस्पतालका नयाँ मेडिकल सुपरिटेन्डेन्ट पौडेलले सुरुवातमा अस्पतालले प्रारम्भिक सेवा प्रदान गर्ने बताए। ओपिडी र डे केयर सेवा उपलब्ध गराउने जानकारी दिँदै उनले अहिले क्यान्सर भएको छ छैन भन्ने जाँच गर्ने, स्क्रिनिङ सेवा तथा किमोथेरापी सेवा उपलब्ध गराउने बताए।

    हाल ३ जना विशेषज्ञ चिकित्सक र १ जना ल्याब टेक्निसियन रहेको जानकारी दिए। पहिलो दिन बर्दिया गणेशपुरका ८० बर्षिय अम्मर विधि सिलवालले क्यान्सरको उपचार सेवा लिएका थिए। पहिलो दिनै उपचारको लागि ठूलो संख्यामा बिरामी खजुरा आएको अस्पतालले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]